माननीय मुख्यमन्त्री ज्यु , प्रदेश न. २ लाई खुल्ला पत्र


 

माननीय मुख्यमन्त्री ज्यु !
प्रदेश न. २

मैले हजुको निर्देशन सामाजिक सनजालमा पटकपटक सुने, एक चिकित्सकको नाताले तपाईको निर्देशन सुनेर मेरो मन दुखयो, तपाईको निर्देशन फेरि फेरि सुने किनकी प्रदेश दुइको स्वास्थ निति मसौदा बनाउनें क्रममा तपाईको बक्तब्य बाट तपाईंले चिकित्सकको दुख राम्रोसँग बुझेको जस्तो लागेको थियो , तर आज यो निर्देशन सुनदा पहिलो पटक मन खिन्न भयो ।

डा अजय कुमार मिश्र
मुटु रोग बिसेसज्ञ

तपाईको निर्देशन फेरि फेरि सुने र मैले के पनि भुझे भने तपाईं आफै बिबस भयेको महसुस भयो, तपाईं ले भने जस्तो समय आगाबै 50 लाखका दरले प्रतेक जिल्ला लाई पैसा तथा खर्चगर्ने आधिकार दियेको सुने यदि त्यो सत्य हो र प्रदेश सरकार आबस्यक भये अझ पैसा पठाउन तयार रहेको सुन्दा कतै न कतै प्रसासनिक कमजोरी भयेकै हो महसुस भयो, किन कि चिकित्सक, नर्स तथा स्वस्थ्यकर्मीले PPE त परै जावोस अति आबस्यक साधारण मास्क सम्म नपाएको कुरो हजुरलाई यसै पत्र मार्फत जानकारि गराउन चाहन छु । स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन । पन्छिनु हुन्न पनि र पन्छिनौ पनि तर, आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिबद्ध भई काम गर्न पनि सहज छैन ।

माननीय मुख्यमन्त्री ज्यु तपाई प्रदेश दुई को कर्यकारी प्रमुख मात्रै नभै प्रदेश दुइको आभिभाबक पनि हो, प्रदेश दुई का चिकित्सक र स्वास्थ कर्मी को सुरक्षाको जिम्मेवारी पनि तपाईंकै हो, यो कोरोना विरुद्धको लडाइँको सिपाही बिना आफ्नो हाथ हतियार मैदानमा काम गरे भने प्रदेश को जन्ताको भलो भन्दा अझ नुक्सान हुनेछ त्यो आत्मघाती हुने छ ।

यस आपतकालीन परिस्थितिमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मी परिस्थिति आनुरुप जनताको लाई काम नगरेको पाइयेमा लाइसेन्स नै सस्पेन्ड गरियोस तर चिकित्सक तथा स्वास्थ्यकर्मी लाई काम गर्ने बाताबरन बनाउने जिम्मेवारी पायेका निकाय आस्पताल प्रसासन, जिल्ला प्रसासन वा स्वास्थ मन्त्रालयनै किन न होस जिम्मेवारी पूरा नभएको आबस्थामा कारबाही गरियोस, प्रदेश को कर्यकारी प्रमुख बिबस र निरास भयो भने येस्ले अझ बढी नुकसान मात्रै हुनेछ, म त भनछु कारबाही गरियोस् चाडैं गरियो तर न केबल एक निरही सामान्य चिकित्साकर्मीलाई बलिको बोका बनाइयोस, आफ्नो कर्तव्य पुरा नगर्ने ठुला ठुला ओह्दामा बसेका पधाधिकारीको काम को मुलयाकन पनि होस, आफ्नो जिम्मेवारी पूरा न गर्ने अख्तियार प्राप्त ब्यक्तिलाई जिम्मेवारि पूरा नगरेकोमा पनि डंडीत गरियोस ।

चिकित्सकलाई चाहिने सम्पुर्ण सुरक्षा सामग्री चाडै भन्दा चाडै उपलब्ध गराउनुस । यस आपतकालीन परिस्थितिमा हामि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी हर सम्भब सरकार, जनता र राष्ट्रियको लाई आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छौ ।

डा अजय कुमार मिश्र
मुटु रोग बिसेसज्ञ
सदस्य स्वास्थ कार्य दल, प्रदेश न २
9851036341


Loading comments...