ईरानमा भाइरस संक्रमण कम हुँदै


अप्रिल महिनाको १ गते बाट कम हुन थालेको ईरानमा नयाँ कोरोना संक्रमण संख्या आज अप्रिल ४ मा पनि घट्दो क्रममा छ, संक्रमण शुरुभएपछिको यो पहिलो निरन्तर संक्रमणदर घटेको तथ्याकं हो । पछिल्लो २४ घण्टामा ईरानमा केवल १५६० जना मात्र नयाँ संक्रमण पुष्टि भएका छन्, स्वास्थ मन्त्रालयका प्रवक्ता किनाउश जोहनापुरले टिभी कन्फ्रेन्समा बताएका छन् ।

मार्च को अन्तिम दिन तेहरानले ३१११ नयाँ संक्रमण दर्ता गरेको थियो । यस्का साथै थप १५८ जना को मृत्यु सहित ईरानमा आजका मितिसम्म कोरोना संक्रमणले मारिनेको संख्या ३४५२ जना पुगेका छन् । कूल ५५४४३ जना कोरोना संक्रमीत बताइएको ईरानी केसहरु भएतापनि यस्को आधिकारिक संख्या हजारौं गुणा बढि हुनसक्ने बताइन्छ । अप्रिल ८ सम्म ईरानी सरकारले देशभित्र यात्रा, भेला, सामुहिक प्रार्थना लगायतका कुराहरु रोकेको छ ।

लाइभमाण्डु


Loading comments...