३ प्रकारका कोरोना जिवाणु फेला परेका छन्


कोरोना भाइरसका ३ प्रकारका फरक फरक जिवाणु फेला परेको तथ्य फेला परेको छ । क्याम्व्रीज विश्वविधालयले गरेको अध्ययनलाई साभार गर्दैछौ, डिसेम्बरबाट मार्चसम्मको कोरोना सक्रमणको तहगत अध्ययन गरेर यो ३ प्रकारका कोरोना जिवाणुको तथ्य फेला परेको बताइन्छ ।

वर्तमान अवस्थामा अमेरिकामा भएको कोरोना संक्रमणचाँही चीनको हुवानबाट उद्गम भएको शुरुवाती कोरोना जिवाणुले गरेको बताइएको छ । यि ३ वटै कोरोना जिवाणुका प्रकारहरु फरक फरक छन् । पहिलो अर्थात टाइप ए चाँही हुवानमा चमेरोमार्फत मानिसमा सरेको जिवाणु भएको यस अध्ययनमा उल्लेख छ, यि चमेराहरुमा सालकहरुबाट कोरोना सरेको बताइएको छ । तर यो मात्र कोरोनाको बिशुद्ध प्रजाति हैन, डिसेम्बर महिनामा क्रिस्मस ताका नै टाइप २ कोरोना मानिसमा सरिसकेको बताइन्छ । सबैभन्दा बढि सरेको चाँही टाइप १ कोरोना जिवाणु पाइयो जुन अहिले अष्ट्रेलीया, चीन र अमेरिकामा देखिएको संक्रमणको कारक हो, यस टाइप १ बाट अहिलेसम्म ४ लाख बढि संक्रमीतहरु देखिन्छन् । अमेरिकाका दुई तिहाई संक्रमीत स्याम्पलहरु टाइप ए का पाइयो तर रहस्यको कुरा के भने टाइप १ जिवाणु पाइए पनि संक्रमीतहरु पश्चिम तटबाट आएको पाइए जबकी अमेरिकामा सर्वाधिक संक्रमीत शहरचाँही न्यूयोर्क हो जुन पश्चिममा छैन ।

डाक्टर पिटर फोस्टर र उन्का सहयोगीले गरेको अध्ययनमा बेलायतचाँही टाइप २ संक्रमणले ग्रसित पाएका छन् । स्वीजरल्याण्ड, जर्मन, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा पाइएका २ तिहाई स्याम्पलहरु पनि टाइप २ कै पाइयो ।

अर्को टाइप सी चाँही यूरोपमा सिंगापुर मार्फत सरेको बताइएको छ, बैज्ञानीकहरुका अनुसार कोरोना अर्थात कोभिड १९ का जिवाणुले जनसंख्या अनुसार तिनीहरुको रोगप्रतिरोधात्मक क्षमता निष्क्रिय गराउन आफूमा रुपान्तरण अर्थात म्यूटेशन गर्ने तथ्य पत्ता लागेको छ । यो झनै भयानक कुरा हो ।

यसका साथै अमेरिकीहरुमा डिसेम्बर अघि नै कोरोना संक्रमण रहिसकेको संभावना पनि छ भन्ने प्रश्नमा शोधकर्ता समुहले यसका लागि थप ठूलो अध्ययन गरिनुपर्ने बताए । यस अध्ययनका अनुसार टाइप बी अर्थात टाइप २ चाँही अत्यन्त सक्रिय रुपमा फैलिरहेको छ ।
थप अध्ययनपछिको निष्कर्षहरु हामी ति अध्ययन पछि प्रकाशन गरिएका प्रतिवेदनलाई अनुवाद गरेर दिनेछौ । लाइभमाण्डु हेर्दै गर्नुहोस् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...