रुसी हतियार कम्पनीले भारतलाई कोरोना विरुद्ध लड्न २ मिलियन डलर सहयोग


भारत निकै सर्तकतापूर्वक कोरोना नियन्त्रणका लागि लागिपरेको छ, विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारत अहिले लकडाउनमा छ ।

प्रधानमन्त्री केयर फण्डमा सरकारले रकम जम्मा गर्दै कोरोना बिरुद्ध लड्न आर्थिक र सामाजिक संयन्त्र खडा गरिरहेको छ । रुसको सरकारद्धारा सञ्चालित रोवोरोनेएक्सपोर्ट नामक हतियार फर्मले भारत सरकारको प्रधानमन्त्री केयर फण्डमा २ मिलियन डलर अर्थात १५ दशमलव ३ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । बैदेशिक सहयोग लिने कुरामा भारत सरकार अत्यन्त सर्तक अनि संवेदनशील रहनेगरेको पाइन्छ, यो भारतलाई रुसद्धारा गरिएको मैत्रीपूर्ण सहयोग स्वरुपको सभंवत पहिलो पटकको रकमान्तरण हो ।
रुसका समग्र हतियार कम्पनीहरुको छाता कम्पनी रोवोरोनेएक्सपोर्टले रकम भने केहि दिन पछि ट्रान्फर गर्ने छ, द हिन्दु टाइम्सको समाचारमा उल्लेख छ ।

भारतले राखेको एस ४०० मिसाइल सिस्टम, स्टेल्थ डिफेन्स फ्रिष्टेस, एके डिफेन्स २०३ राइफल्सहरु लगायत मिग सिरिजका फाइटर जेटहरु पनि रुसी उत्पादन हुन्, भारत र रुसको मित्रता हतियार मात्र नभई कोरोना बिरुद्धको लडाँई अनि शान्तिका लागि पनि पाइनु अत्यन्त राम्रो रुपमा मानिएको छ ।

लाइभमाण्डु


Loading comments...