Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

अमेरिकामा ३५००० बढिको कोरोना संक्रमणले मृत्यु

५ बैशाख २०७७, शुक्रबार १९:०६

लोकप्रिय

शुक्रवारको दिनको ताजा तथ्याकं यहाँ प्रस्तुत गर्दै छौ, अमेरिकामा कोभिड १९ संक्रमणको संख्या ६६७००० जना नाघेको छ भने मृतकहरुको संख्याले पनि यसैसाथ ३५००० नाघेको छ । गत हप्ता मात्र अमेरिकामा ५२ लाख अमेरिकीहरुले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् र यस्का साथै कोरोना कहरमा अमेरिकामा बेरोजगार हुनेको संख्या २ करोड २० लाख बढि भइसकेको छ । अहिलेको तथ्याकं हेर्दा अमेरिकामा हरेक ७ जना कामदारमध्य एक कामदार बेरोजगार छन् । ट्रम्प प्रशासनको शुरुमा निकै बिरोध भएपनि ट्रम्पको आँट, नेतृत्व अनि कदमहरुको एैक्वद्धताका लागि अहिले समर्थन र सहयोगका नाराहरु अमेरिकीहरुमा गुञ्जीन थालेको पनि छ ।

विश्वभरिमा करिब २१ खाल २२ हजार मान्छेहरु कोरोना संक्रमीत भइसकेका छन् भने १ लाख ४५ हजार मान्छेहरुको मृत्यु भइसकेको छ । धेरै देशहरुले लकडाउन अवधि बढाएका बढाएकै छन्, यी देशहरुमा बेलायत र क्यानडाजस्ता बिकसित देशहरु पनि पर्दछन् ।
चीनले पनि यस वर्षको पहिलो क्वाटरमा आफ्नो अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले संकुचित भएको बताएको छ, यो चीनको पछिल्लो ४४ वर्षको सबैभन्दा धेरै अर्थतन्त्रको संकुचन हो ।

कोरोना कहरमा जेलभित्र झनै संक्रमणको संभावना भएपछि म्यानमारले २५००० बन्दीलाई रिहा नै गरिएिको छ । अमेरिकी राष्ट्रपतिले जनताहरुको लकडाउनमा भएका समस्यालाई मध्यनजरमा राख्दै सुरक्षित तवरले केहि आवागमन र बजारमा खुल्लापना ल्याउने कि भन्ने सोच भएको पनि जनाएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा