
मलेसीया जाने पानीजहाजमा मारिएका रोहिगिंया शरणार्थीहरुको असफल यात्रा
६ बैशाख २०७७, शनिबार १४:४९
मलेसीया जानका लागि म्यानमारबाट पानीजहाजमा निस्केका रोहिगिंया शरणार्थीहरुको मलेसीयामा सुनौलो भविष्य पाउने सपना त्यसै तुहिएको छ । २ हप्ताभन्दा बढि प्यासाफिक समुन्द्रमा मलेसीयाको सिमासम्म पुग्ने आशामा चलायमान एउटा भिमकाय जहाजमा ३९६ जना रोहिगिंया शरणार्थीहरु थिए जस्मा २४ जनाको मृत्यु भएको थियो ।
रुइटर्स एजेन्सीका अनुसार यि शरणार्थीहरु भोकका कारण मारिएका थिए, जहाजमा महिनौदिनसम्म यात्राका कारण खानेकुराहरु सकिएको थियो । बंगलादेशी कोस्टगार्डका अनुसार बाँकी शरणार्थीहरुलाई अब म्यानमार नै पठाइने भएको छ ।
केहि शरणार्थीहरु त उभिन पनि नसक्ने गरि थलिएका थिए, एकजना शरणार्थीका अनुसार जहाज ३ पटक मलेसीया सिमा निकट पुगेर फर्किएको हो, जहाजमा चालक दल र यात्रु बिच झगडा भएपछि जहाजलाई मलेसीयाबाट फर्काइयो ।
A boatload of hundreds of emaciated #Rohingya drifted ashore in #Bangladesh after a failed attempt to flee to #Malaysia. 28 reportedly died while adrift. Until justice, rights, & livelihoods improve, many will continue to risk their lives at sea & these horrors will continue… https://t.co/jsPVNmyDpp
— Matthew Smith (@matthewfsmith) April 15, 2020
त्यसपछि कोरोना कहरका कारणले आप्रवासन झनै कठिन भयो, यूएनएचसीआरले बाँकी शरणार्थीलाई जहाजबाट ओरालेर बगंलादेशमा क्वारेन्टाइनमा राखेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा