बिकसीत देशहरुमा नै लकडाउन बिरुद्धको आन्दोलन


अमेरिका र बाजिलमा कोरोना कहरमा राष्ट्रले गरेको लकडाउनको बिरुद्धमा पदर्शन भएका छन, पदर्शनकारीहरुले आफूहरु कोरोना तथ्याकं र संक्रमीत अनि मृतकहरुको संख्यामा पनि बिश्वस्त नरहेको र राष्ट्रको लकडाउनले संक्रमण जोखिम कम नगर्ने तर्क राखेका छन् ।
उता ईरानले आफ्नो राजधानी तेहरानमा साना र कम जोसखमका ब्यापारहरु लाई सञ्चालन गरिसकेको छ, उता भारत, नेपाल, अल्जेरिया, मोरक्को, स्पेन लगायतका देशहरुले लक डाउन बढाएका छन् । अमेरिकाको सर्वाधिक धेरै संक्रमण भएको शहर न्यूयोर्कमा गत दुई हप्तामा सर्वाधिक कम कोरोना संक्रमणले मृत्यु भएका केसहरु शनिवार रेकर्ड गरिएको छ , यो खुशीको कुरा हो न्यू योर्कका गर्भनरले आशावादी संकेत देखिएको बताएका छन् ।

ब्राजिलमा रियो द जेनेरियो, साओ पाउलो जस्त शहरहरुका ट्रक चालकहरुले लक डाउनको बिरोध गरेका छन्, यस विरुद्धमा आन्दोलन पनि गरेको बताइन्छ । अमेरिकामा टेक्सस, मेरिल्याण्ड, न्यू हेमीस्फायर र ओहायोहरुमा लक डाउन बिरुद्ध प्रदर्शन भएका छन् । ब्राजिलका राष्ट्रपतिले आफ्नो छोटो फेसबुक लाइभ मन्तव्यमा मान्छेहरु अब सामान्य जिवनयापनमा फर्कन चाहन्छन् भनेका छन् ।

लाइभमाण्डु


Loading comments...