संक्रमणरहित वीरगञ्ज अभियानमा जि.पि. कोईराला फाउण्डेशनको सराहनीय कार्य


वीरगञ्ज ०७ बैशाख । कोभिड १९ अर्थात कोरोना भाईरसले विश्व नै आक्रान्त भईसकेको छ । विश्वमा महामारीको रुपमा फैलि रहेको रोगका कारण लाखौं विरामी भएका छन भने झण्डै डेढ लाखले ज्यान गुमाई सकेकाछन् ।

नेपालपनि यस रोगको प्रभावबाट अछुतो रहेनछ । नेपाल सरकारले नेपाली जनताका लागि ०७६ चैत्र ११ गते देखि लकडाउन निषेधाज्ञा जारी गरेको छ ।

जि.पि. कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।

कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्कायको पहिलो चरणको कार्य सफल भएको छ ।

पहिलो चरणमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंजको विभिन्न वडा १,२,३,४,५,६,७,र८ नं वडाहरुलाई विसंक्रमित गरी सकेको छ । नेपालमा आईलागेको यस्तो विपदको बेला हरेक नेपाली नागरिकले आफनो स्तरबाट नेपाल सरकारलाई साथ र सहयोग दिने कुरा रहेको बताउँदै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगञ्जको विभिन्न वडाहरुलाई सेनेटाईज गरि सकेको बताएका छन् ।

वीरगञ्ज महानगर पालिकाको वडा नं २ छपकैंयामा ३ जना भारतियहरुमा कोरोना रोग पुष्टि भएपछि वीरगञ्ज सन्त्रासको अवस्थामा रहेको छ । वीरगञ्जका ३ वटा वडाहरु शिल समेत गरिएको छ भने सयौंजनाको कोरोना रेपिड टेस्ट समेत गरिएको छ ।

सेनिटाईजेशन र्कायक्रम आज वीरगञ्जको १,२,३,४,५,६,७,८ नं वडाहरुमा सेनिटाईजेशन गरिएको छ भने वीरगञ्जको ३२ वटै वडाहरुमा सेनेटाईज गर्ने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन । सेनेटाईजेशन गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी, वहाब अंसारी, जाकिर अंसारी, मुत्र्तुजा मंसुरी रहेको फाउण्डेशन पर्साका सचिव धिरज कुमार गुप्ताले जानकारी गराए ।


Loading comments...