साउदी अरबमैं हराएकी राजकुमारीको याचना


वर्षौदेखि हराएकी भनिएकी साउदी अरबकी एक राजकुमारीले अकास्मात बिहिवार एउटा अपिल मार्फत आफूलाई कारागारबाट रिहा गर्नका लागि काका राजा सलमान र काकाका छोरा राजकुमार बिन सलमानलाई आग्रह गरेकी छिन । राजकुमारीको नाम बस्मत बिन्त साउत बिन अल्लुलाज अल साउद साउदी अरबकी जानेमाने मानव अधिकार अभियन्ता थिइन, सन् २०१८ मा साउदी अरबबाट स्वीजरल्याण्डका लागि भाग्न आँटेकी भनिएकी राजकुमारी त्यसपश्चात हराएकी थिइन ।

राजधानी रिहाद भन्दा उत्तर तर्फको अल हेयर कारागारमा आफू र आफ्नी छोरीलाई पनि बन्धक बनाएर बिना कुनै अपराध राखिएको राजकुमारी बस्मतको ट्वीटर अकाउण्टमा पोष्ट गरिएको छ । साउदीका दोस्रो राजा अव्दुल्लालिजकी ५६ वर्षिय राजकुमारीले राजपरिवार समक्ष आफ्नो रिहाइका लागि माग गरेकी छिन् । यिनको स्वास्थ पनि दैनिक खराब हुँदै गएको र जीवनमरणको संघारमा पुगेको पनि बताइएको छ ।

सन् २०१८ मा बिबिसीलाई राजकुमारीले दिएकी अन्तरवार्तामा साउदी अरबले यमनमा सैनिक हमला रोक्नुपर्ने तर्क दिएकी थिइन, समयसमयमा साउदी अरबको शाषन संरचनामा सुधारका कुरा गर्ने यिनले त्यहाँको संवैधानीक संरचनाको पूनरावलोकन गर्ने तर्क दिएपछि यिनी साउदी शासकहरुको आँखाको तारो बनेकी थिइन ।

लाइभमाण्डु


Loading comments...