ईरानले आफ्नो पहिलो सैनिक स्याटलाइट प्रक्षेपण गर्यो


ईस्लामीक रिपव्लीक अफ ईरानले आफ्नो पहिलो सैनिक भुउपग्रह प्रक्षेपण गरेको छ, त्यहाँको ईलाइट फोर्सका अनुसार ईस्लामीक रेभुलस्नरी गार्ड कप्र्सले यस भुउपग्रह प्रक्षेपण गरेको हो । बुधवार मध्यान्न यस भुउपग्रहको प्रक्षेपण गरिएको हो ।

मार्कजी मरुभूमिबाट यस भुउपग्रहको प्रक्षेपण गरिएको हो, यस भुउपग्रहले पृथ्वीलाई ४२५ किमी माथिबाट परिक्रमा गर्नेछ भनेर इलाइट फोर्सको वेबसाइटमा लेखिएको छ । विश्व नै कोरोना क्राइसिसमा चुर्लुम्म डुबेको अवस्थामा अनि तेलको मुल्य उल्लेनीय रुपमा घटिरहेको अवस्थामा ईरानले यस प्रक्षेपण गरेर थप जोखिम लिन खोजेको पनि बताइएको छ । अहिले पनि अमेरिका नेतृत्वको नाकाबन्धी झेलिरहेको ईरानले यस भु उपग्रह प्रक्षेपण गरेसंगै थप रातो झण्डा पश्चिमा देशहरुले ईरानलाई देखाउन सक्ने पनि बताइएको छ ।

यस भुउपग्रहले ईरानको सैनिक क्षमता अभिवृद्धिका लागि थप इन्टेलीजेन्स अनि प्रविधीहरुको नवप्रवर्तन दिलाउने आशा गरिएको छ, जुन ईरानका उपर विश्वास नभएका देशहरुका लागि राम्रो खबर नहुन सक्दछ । तेहरानले यस अघि पनि सैनिक इन्टेसलजेन्सका लागि धेरै पटक भुउपग्रहहरु प्रक्षेपण प्रयास गरेको हो तर अधिकांश प्रयासहरु विफल भएका हुन् यद्धपि यसपटक भने अन्तत ईरानको झण्डा सहितको सैनिक भुउपग्रह वायुमण्डलमा पुगेको छ ।

लाइभमाण्डु


Loading comments...