Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार
The Voice Of Nepal

देश बिदेशमा “द भ्वाइस अफ नेपाल “को लहर

१६ मंसिर २०७५, आईतवार १३:४८


लुकेका साङ्गीतिक प्रतिभाहरुको खोजी तथा बिकासको लागि “द भ्वाइस अफ नेपाल” एउटा उत्कृष्ट मञ्च साबित भएको छ । ट्यालेन्टहरु सेमिफाइनलको यात्राका लागि निकै मेहेनत गरिरहेका छन् । सेमिफाइनलमा क-कसलाई पुर्याउने जिम्मेवारी दर्शकहरुको हातमा छाडिएको छ । अघिल्ला श्रृंखलामा कोचहमा ट्यालेन्टलाई सुरक्षित गर्न अधिकार थियो तर अव सेमिफाइनल देखि सम्पुर्ण अधिकार दर्शकहरुको भोटिङमा रहेको छ । सम्पुर्ण ट्यालेन्टहरु सेमिफाइनलमा पुग्नको लागि निकै मेहनत गरिरहेका छन् साथै कोचहरुले आफ्ना ट्यालेन्टलाई हौसला दिइरहेका छन् ।

देश विदेशमा एउटा अभियान नै सुरु भएको छ आफ्ना मनपर्ने ट्यालेन्टहरुलाई जिताउने । विभिन्न चोक, गल्ली अनि टोलटोलमा भोटिङका लागि अभियानहरु चलिरहेका छन् । घरदैलो गरेर होस या विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर आफनो मनपर्ने ट्यालेन्टलाई जिताउने अभियानमा सर्मथकको भुमिका निकै बढिरहेको छ । भोटिङ कोड सहितको ट्यालेन्टका तस्बीर चोक चोक मा सजिएका छन् ।नेपालको पहिलो द भ्वाइस को यो अभियानमा विभिन्न सांगितिक , राजनैतिक तथा कलाकारहरुले समेत साथ दिइरहनुभएको छ । सामाजिक सञ्जालमा ट्यालेन्टलाई जिताऊ अभियान हरु चलिरहेका छन् । आ आफनो मन पर्ने ट्यालेन्टलाई जिताउन भोटिङ्ग अभियानमा सर्मथकहरु बाटो बाटोमा निस्कीएर , विद्यालय, संघ संस्थामा गएर भोटिङ्गको लागि अनुरोध गरिरहेका छन् । ट्यालेन्टहरु पनि सामाजिक सञ्जालमार्फत समयम समयमा भोटिङ्गको लागि अनुरोध र सर्मथकसँग कुराकानीमा व्यस्त देखिन्छन् । द भ्वाइस अफ नेपालको फाइनल कतारको दोहामा हुने भएको छ । फाइनलको हेर्नको लागि कतारमा रहेका सम्पुर्ण नेपालीहरु निकै उत्साहित देखिन्छन् ।

सेमिफाइनलका लागि १६ जना मध्येबाट ८ जना छनोट गरिन्छ, सेमिफाइनलको यात्रामा ४ ट्यालेन्टहरु सुरक्षित भैसकेका छन् टिम प्रमोदबाट शुशिल गड्तौला र टिम सनुपबाट सप्तक दुतराज टिम अभायाबाट शृर्या राई र टिम दिपबाट बिवेक बाइवा लामा । अब बाँकी ८ जना ट्यालेन्ट मध्येबाट ४ जना सेमिफाइनलको लागि छनोट हुनेछन् भोटिङ्को आधारमा । अनि शुरु हुनेछ फाइनलको यात्रा ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा