
ब्रिटेनज गट ट्यालेन्टमा गुञ्जिए भीम: ‘सण्डे मर्निङ लभ यू ‘
१४ बैशाख २०७७, आईतवार २३:५७
सन्डे मर्निगं लभ यू वोलको गीत गाएर यूट्यूब बाटै चर्चामा आएका नेपाली मूलका बेलायती बैंकर भीम निरौलाको गीतहरु अनि उनका गीतका शब्दहरुको पनि आफ्नै रवाफ छ ।
गीतलाई सङ्गीत र सुरतालको परिधीबाट केहि पर राखेर मनोरञ्जनका लागि केवल एउटा खुल्ला अभिव्यक्तिका रुपमा लिइने हो भने भीम निरौलाका शब्दहरु अनि अभिव्यक्ति दमदार मात्र छैनन कि यिनका गीतले मनारेञ्जनको नौलो फोहरा नै छाड्दछन् । जीवनमा गाउने शाख भएर पनि मनभित्रै थिचेर राखेका केहि आवाजहरुका लागि, अवकाश प्राप्त भएर पनि गायक बन्ने सपना भएकाहरुका लागि, धक मानेर अघि आउन र स्टेज चढ्न लाज भएकाहरुका लागि भीम निरौला एउटा उदाहरण हुन्, आइडोल हुन् ।
भीमले गाउनुभएको बहूचर्चित गीत ‘सण्डे मर्निङ लभ यू, मण्डे मर्निङ लभ यू’ लाई ‘इण्डियाज गट ट्यालेन्ट’ लगायत भूगोलका अन्य विभिन्न रियालिटी शोहरुमा प्रस्तुत गरिसक्नुभएका वहाँको प्रस्तुतीमा सुरताल नमिलेका होलान् तर यिनको अभिव्यक्तिको तरिका र आत्मविश्वासको ‘म फ्यान हुँ’ भन्ने धेरै छन् ।
हिजो मात्रै यूट्यूबमा सार्वजनिक भएको बेलायतको सर्वाधिक चर्चित रियालिटी टिभी शो ‘ब्रिटेनज गट ट्यालेन्ट’मा स्टेज उक्लेका भीम निरौलाले उही आफ्नो चर्चित गीत ‘सण्डे मर्निङ लभ यू’लाई आत्मविश्वाश अनि मुस्कानका साथ गाइदिए, र यो भिडियो अहिले नेपालभित्र यूट्यूबमा नं. ४ को ट्रेण्डिङमा रहेको उनको प्रस्तुती प्रारम्भ भएको २० सेकेण्ड मैं शोका निर्णायक सिमोनले अस्विकारोक्तिको रातो बजर बजाइदिए । तर उता भीमको गायन रोक्किएन र अन्य जज र उपस्थित दर्शकदीर्घाबाट भीमलाई साथ दिने कार्य चलिरह्यो । शायद्! यो गीतसँग त्यहाँ उपस्थित दर्शकहरु अवगत थिए र भीमको शब्द शब्द सँगसँगै गाएर साथ दिए ।

गीतको प्रस्तुतीपश्चात् भीमलाई शोका होस्टद्वयले नाचेरै निर्णायकहरु भएसम्म पुर्याए र सबैसँग हात मिलाएर अभिवादन दिएका थिए । गीतका सुरताल र शब्दको सतहमा मात्र नगएर यिनको साहस र आत्मविश्वास हेर्नुहोस्, भीम निरौला एउटा आइडोल नै हुन् ।
गायकी पेशा मात्र हैन गायकी रुची हो, घरमा गुनगुनाउने सबैजनाको स्टेज उक्लने अवसरमाथि उतिकै अधिकार रहन्छ अनि रियालिटी शो जित्न र जित्ने तनावमा मात्र हैन कि स्वतन्त्र रुपमा आफ्नो अभिव्यक्ति उतार्न पनि चढ्न सकिन्छ, भीम निरौलाले मन जितेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र