Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कट पछि नयाँ गति दिइने

२० बैशाख २०७७, शनिबार ०८:५३

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले २०७७ वैशाख १८ मा भारतका पर्यटन संघ–संस्थाका प्रमुसखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कट पछि नयाँ गति दिने विषयमा अनलाइन छलफल गर्नुभएको छ ।

छलफलमा भारतीय पर्यटनका अगुवाहरु–श्री ज्योति मयल, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस एसोसियन; श्री पिपि खन्ना, अध्यक्ष, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसन;क्याप्टेन स्वदेश कुमार, अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसन; श्री प्रदिप लुल्ला, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र श्री महेन्द्र भखारिया, निर्वतमान अध्यक्ष, भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसन सहभागी थिए भने बज भारतीय ट्राभलका प्रमुख श्री सञित जैनले छलफलको समन्वय गरेका थिए ।

बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको ब्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरुका बारेमा जानकारी गराउनुभयो ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरुको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा बढी केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष ब्यक्तिहरुले सङ्कट पश्चात भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तब्यहरुमा यसको प्रबन्ध गर्न अनुरोध गरे । नेपालको यो सङ्कटमा हालसम्म शुन्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपाल प्रतिको विश्वास अझ बढाउने सहभागीहरुले बताए ।

साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औल्यायो । नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिन पनि सहभागीहरुले विशेष अनुरोध गरे । बजारिकरण र प्रबद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ–संस्थाहरुले आफ्नो सदस्यहरुलाई सकृय गराउने विषय पनि छलफल भयो ।

नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गर्नुभएको प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्गाउने सहमति पनि भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई तिब्रता दिने र यस किसिमको गन्तब्य वेभिनार संयुक्त रुपमा आयोजना गर्दैजाने निर्णय पनि सो अवसरमा भएको थियो ।

नेपाल पर्यटन बोर्ड

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको