प्रा.डा. कुमारबहादुर जोशीकाे १३ वर्षअघिकाे ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’बारेकाे पत्र


साहित्यकार भाइ
श्री नरेन्द्रराज प्रसाईकै,
सदा शुभेच्छा !

तपाईंले दिनुभएको ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ आद्योपान्त पढ़ें । यसमा श्री गोविन्द भट्टबाट प्राप्त सारपूर्ण पत्रलाई भूमिकाका रूपमा समावेश गरेर तपाईंले सुनमा सुगन्ध थप्ने काम गर्नुभयो । पुस्तक स्वयं नै सुन थियो, त्यसमा भूमिकाले सुगन्ध थप्ने काम गर्यो । अझ यसमा तपाईंको लेखकीयको पनि फेरि आफ्नै अलग महत्व छँदैछ । यो पुस्तक र अझ यसपछि दिनुभएको ‘नारीचली’ पढेपछि मलाई तपाईंले नेपालीभाषा साहित्यका क्षेत्रमा एउटा ठूलो ऐतिहासिक महत्वको काम सम्पन्न गर्नुभयो भन्ने लाग्यो । एउटा संस्थाले गर्ने काम तपाईं एक्लैले गर्नुभयो ।

यसो त मैले तपाईंलाई व्यक्ति होइन, एउटा सिङ्गो संस्था नै मानेको छु । तपाईंको धैर्य, साहस, लगनशीलता, अध्ययनशीलता, अन्वेषणशीलता तथा यस किसिमको ऐतिहासिक महत्वको लेखनकार्यको म मुग्धकण्ठले प्रशंसा गर्न चाहन्छु । यस्तो कार्यमा तपाईंलाई सदा सफलता मिलोस्, तपाईलाई मेरो हार्दिक शुभकामना र बधाई !

महाकवि लक्षमीप्रसाद देवकोटाकी दिदी कववित्री लोकप्रियादेवी (१९५५– २०१७) चाहिँ सार्है सानो उमेरमा विहे भै कडा बुहार्तन काट्नुपरेकोले ‘गोरखापत्र’, ‘शारदा’, ‘उद्योग’जस्ता पत्रपत्रिकामा प्रकाशित यिनका कविताहरूमा पीडा र दुःखकै बाहुल्य देखिन्छ भनिएको पाएँ । तर मेरो टिपोटमा परेका उपर्युल्लिखित नारीस्रष्टाहरूमध्ये कसैको पनि उत्लेख मैले त्यहाँ पाइन ।

भाइ, तपाईंका यी नारीस्रष्टाहरूका व्यक्तिजीवनीसम्बन्धी खोजपूर्ण कृति पढेपछि मैले आफूले गरेको पुरानो कुरा सम्झन पुगेँ । आजभन्दा ३०-३१ वर्षअघिको कुरा हो । त्यतिबेला म त्रिचन्द्र क्याम्पसमा पढाउने गर्थे । त्यो बेला मैले पनि नेपाली साहित्यमा नारीस्रष्टाहरूको योगदानबारे अध्ययन, अन्वेषण गरी केही लेख्ने बिचारले टिपोट गरेर कार्डहरू तयार पारेको थिएँ । विभिन्न कारणवश ती कार्डहरू त्यसै थन्केर बसेका थिए । तिनलाई निकालेर हेर्दा के देखें भने सुरुकै एउटा कार्डमा यस्तो बुँदा टिपोट गरेको रहेछु :

• कुनै पनि राष्ट्रको निजत्व उसको संस्कृति हो र संस्कृतिको एक प्रमुख अङ्ग साहित्य ।
• नेपालको राजनीतिक र सांस्कृतिक इतिहासमा प्राचीन कालदेखि नै नारीहरूको योगदान रहेको; उदाहरण— चन्द्रप्रभा, शूरप्रभा, राज्यवती, राजेन्द्रलक्ष्मी, भृकुटी इत्यादि ।
• चौतरिया भद्रलक्ष्मीदेवी जङ्गबहादुर राणाको क्याबिनेटमा मिनिष्टर ।
• प्रताप मल्लकी रानी लालमती कवयित्री थिइन् भने धार्मिक परम्पराको कविता लेख्ने शक्तिमाई पनि ऐतिहासिक दृष्टिले उल्लेखनीय ।
• श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरसुन्दरी नारी लेखिका, तिनले सं. १८८१ मा ‘राजधर्म’को नेपालीमा अनुवाद गरेकी भनिएको तर त्यो विवादग्रस्त ।
• हीरा गाइनेनी प्रथम कवयित्री, यिनल माथवरसिंहको वीरताको वर्णन गरेर कविता लेखेकी । पृथ्वीनारायण शाहको वीरताको वर्णन सुवानन्ददासले गरेझैँ माथवरसिंहको वीरताको वर्णन यी हीरा गाइनेनीले गरेकी । त्यसैले यी दुई तुलनीय ।

माथिको टिपोटमा परेका चारजना नारीस्रष्टाहरूमध्ये प्रताप मल्लकी रानी कवयित्री लालमती र धार्मिक परम्पराको कविता लेख्ने शक्तिमाईले त्यो बेलाको चलनअनुसार संस्कृतमा लेखे कि नेवारीमा लेखे अथवा कुन भाषामा के कति लेखे र खास कहिले लेखे भन्ने जस्ता कुराको खोज गर्ने बाँकी रहेको र श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरसुन्दरीले ‘राजधर्म’ को नेपालीमा अनुवाद गरेकी भनिएको कुरा पनि विवादप्रस्त रहेको भनेर छाडेको अनि माथवरसिंहको वीरताको वर्णन गरेर कविता लेख्ने हीरा गाइनेनीलाई चाहिं मैले प्रथम कवयित्री भनेर टिपोट गरेको रहेछु ।

मैले उक्त टिपोट केके पढेर गरें, अहिले सम्झना भएन । त्यसैले हाम्रा यी आदिकालीन कवयित्रीहरूबारे केही थाहा पाइन्छ कि भनेर कमल दीक्षितद्वारा सम्पादित ’बुइँगल’ (पहिलो संस्करण २०१८) पल्टाएर हेर्न थालें । त्यसमा नारीसष्टाका रूपमा गङ्गावती, चन्द्रकलादेवी, भक्तिकुमारी, लावण्यमयीदेवी, लोकप्रियादेवी र सुकेशीदेवीलाई समावेश गरिएको र तीमध्ये भक्तिकुमारी र लोकप्रियादेवी दुई जनाबाहेक अरूका बारेमा केही थाहा नभएको भन्ने उल्लेख गरिएको पाएँ । अनि उक्त दुई जनामध्ये जनरल जगत्जङ्गकी पत्नी भक्तिकुमारी राणा १९४२ को नराम्रो घटनामा पतिको मृत्यु भएपछि त्यही वैराग्यले भक्तिमार्गमा लागेकी र यिनको ‘भक्ति लहरी’ (१९५८ सम्ममा रचना भएको र १९६१ तिर लिथोमा छापिएको)मा धेरै बज्रभाषाका र थोरैमात्र नेपालीका भजनहरू छन् भनिएको भेट्टाएँ भने महाकवि लक्षमीप्रसाद देवकोटाकी दिदी कववित्री लोकप्रियादेवी (१९५५– २०१७) चाहिँ सार्है सानो उमेरमा विहे भै कडा बुहार्तन काट्नुपरेकोले ‘गोरखापत्र’, ‘शारदा’, ‘उद्योग’जस्ता पत्रपत्रिकामा प्रकाशित यिनका कविताहरूमा पीडा र दुःखकै बाहुल्य देखिन्छ भनिएको पाएँ । तर मेरो टिपोटमा परेका उपर्युल्लिखित नारीस्रष्टाहरूमध्ये कसैको पनि उत्लेख मैले त्यहाँ पाइन ।

परन्तु, उपर्युक्त बुइँगल’ कै दोस्रो संस्करण (साझा प्रकाशनबाट पहिलो पटक, २०२८) मा भने मेरो टिपोटमा परेकी हीरा गाइनेनी भित्रिन पुगेकी र त्यसमा तिनको एउटा अनूदित कृति ‘माथवरसिंह थापा’ शीर्षकमा छापिएको र तिनको परिचयको क्रममा सम्पादकले यस्तो भनेको भेट्टाएँ :

‘विदेशी भाषाको माध्यमबाट यस सङ्ग्रहमा भित्रित पुगेकी हीराको थरघरको केही पत्तो पाइँदैन । हेन्री लरेन्सको जीवनी लेख्ने क्रममा नेपालको राजकाजको वर्णन गर्दा सर हर्बर्ट एडवार्डसले माथवरसिंहको पनि बयान गरेका छन् । त्यसै सिलसिलामा माथवरसिंहको गुणगान गर्ने भनी यी गायिकाको नाम आउँछ । यिनको गीतको गेडा, बोली के थियो हामीलाई थाहा छैन । त्यसको भावसम्म मात्र अङ्ग्रेजी अनुवादबाट हामीले पाएका छौं । यसरी ठीक पाठसम्म फेला पार्न नसकिएको, हुलिया पनि थाहा नभएको कविको (कवयित्री को ? कुबजो) कृति भ्रष्ट रूपमा यसरी यस सङ्ग्रहमा स्थान पाउने एउटै कारण छ । त्यो के भने फेलापरेको वीरपूजाको परम्परा नेपाली सुवानन्ददासमा जनमानसमा कत्तिकों भिजेको रहेछ, त्यो यस गीतबाट अझ स्पष्ट हुन्छ । वीरपूजा हाम्रो साहित्यिक अभिव्यक्तिको पहिलो पाइलो हो भन्ने सर हर्बर्टले फेला पारिदिएका हीरा गाइनेनी दुई गीतले ठूलो सघाउ पुर्याउँछन् ।’

नरहरिनाथले मिति २०१६.८.२० मा आफ्नो निवासस्थान मृगस्थलीमा राष्ट्रका लब्धप्रतिष्ठ लगभग आधा सय विद्वान्हरूको गोष्ठी बोलाएर उनीहरूको हस्ताक्षरद्वारा महाभारत शान्ति पर्वअन्तर्गतको राजधर्मको भाषानुवाद गर्ने रानी ललिता भनेकी श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरसुन्दरी हुन् भन्ने निर्णय गराइसकेका हुनाले उसैबेला ’राजधर्म’ को अनुवादक यही हो भन्ने निधो भइ नै सकेको थियो ।

यसरी हेरेर त्याउँदा ‘बुइँगल’मा हीरा गाइनेनी भित्रिएकी । तर ’राजधर्म’ की लेखिका भनिएकी ललितत्रिपुरसुन्दरीको भने नामोल्लेखसम्म पनि त्यहाँ नभेटिएकोले म मदन पुरस्कार पुस्तकालयको पुस्तकसूची ‘मदन सौरभ’ (२०३१) पल्टाउनतिर लागें । त्यसमा (पृ.२९६ मा) उक्त ‘राजधर्म’को प्रविष्टि निम्न लिखित विवरण दिएर गरिएको पाएँ :

‘राजधर्म’ ले.महारानी त्रिपुरसुन्दरीदेवी/ प्र. जगदम्बा प्रकाशन, ललितपुर/ वि.पुराणर/ पृ.४३३/ सा.१/ ४ क्रा/ सं. पहिलो / मु. आर्यभूषण प्रेस, वारा/ मूल्य १० र/ मिति २०१९ ।

उक्त विवरणबाट ‘राजधर्म’ की लेखिका महारानी त्रिपुरसुन्दरी (अर्थात् तलितनरिपुरसुन्दरी) रहेकी र त्यसको प्रकाशन जगदम्बा प्रकाशनबाट २०१९ सालमा भएको भन्ने छर्लङ्गिन्छ । यसो भएपछि यहाँनिर जिज्ञासा जाग्छ— यसरी आफ्नै प्रकाशन संस्था (जगदम्बा प्रकाशन)बाट २०१९ सालमै प्रकाशित भइसकेको ‘राजधर्म’ र त्यसकी लेखिका ललितत्रिपुरसुन्दरीलाई सम्पादक कमल दीक्षितले ‘बइँगल’को दोस्रो संस्करणमा किन नभित्र्याएका होलान् ? यस जिज्ञासाको समाधान कमल दीक्षितकै सम्पादनमा मदन पुरस्कार गुठीवाट प्रकाशित नेपाली’ पूर्णाङ्क १८९ (२०६३) मा छापिएको नरेन्द्रराज प्रसाईको ललितत्रिपुरसुन्दरीबारेको लेखमा गरिएको सम्पादकको टिप्पणीबाट प्रष्ट रूपमा हुन्छ, जुन यस्तो छ :

‘नेपाली’मा नरेन्द्रराज प्रसाईका कुनै लेख आजसम्म छाप्न पाइएको थिएन । अहिले आएर एउटा महत्वपूर्ण विषयमा लेखिएको प्रबन्ध हामीले उनीबाट पायौं र यहाँ भित्र्याएका छौं । २०१९ सालमा प्रकाशित गर्दा ‘राजधर्म’को लेखक (अनुवादक) यही हो भन्ने हिम्मत जगदम्बा प्रकाशनले गर्न सकेको थिएन । त्यसको विवाद समाधान भएको थिएन, विद्वान्हरूकै मत बाझेका थिए । यस लेखमा प्रसाईले अठोटका साथ महारानी ललितत्रिपुरसुन्दरी नै राजधर्मकी सर्जक हुन् भन्ने ठोकुवा गरेका छन् । यतिविधि खोजखाज गरी आफ्नो तर्क प्रस्तुत गरेकाले यो लेख पठनीय र सूचनामूलक भएको छ भन्ने हामीलाई लाग्छ ।’

मथिको टिप्पणीमा सम्पादक कमल दीक्षितले विद्वान्हरूकै मत बाझेका हुनाले ‘राजधर्म’ की लेखक (अनुवादक) यही हो भन्ने हिम्मत गर्न नसकिरहेकोमा नरेन्द्रराज प्रसाईने अठोटका साथ महारानी ललितत्रिपुरसुन्दरी नै ‘राजधर्म’की सर्जक हुन् भनी ठोकुबा गरेर लेखेको लेख पठनीय र सूचनामूलक छ भनेर आफ्नो अभिमत प्रकट गरेको स्पष्टै छ ।

प्रिय नरेन्द्रराज भाइ, मैले माथि जेजति लेखें, ती सबै वास्तवमा तपाईंले दिनुभएका पुस्तक पढेपछि प्राप्त प्रेरणाबाटै लेखेको हूँ । तसर्थ यसको श्रेय म तपाईंलाई नै दिन चाहन्छु । सम्झना राखी, मलाई पुस्तक दिनुभएकोमा हार्दिक धन्यवाद !

वास्तवमा जगदम्बा प्रकाशनबाट प्रकाशित ‘राजधर्म’ (२०१९) मा समाविष्ट सामग्रीअनुसार योगी नरहरिनाथले मिति २०१६.८.२० मा आफ्नो निवासस्थान मृगस्थलीमा राष्ट्रका लब्धप्रतिष्ठ लगभग आधा सय विद्वान्हरूको गोष्ठी बोलाएर उनीहरूको हस्ताक्षरद्वारा महाभारत शान्ति पर्वअन्तर्गतको राजधर्मको भाषानुवाद गर्ने रानी ललिता भनेकी श्री ५ रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरसुन्दरी हुन् भन्ने निर्णय गराइसकेका हुनाले उसैबेला ’राजधर्म’ को अनुवादक यही हो भन्ने निधो भइ नै सकेको थियो । हो, उक्त निर्णयमा इतिहासशिरोमणि बाबुराम आचार्य एक जनाले भने सहमति नजनाएका र भिन्न मत प्रस्तुत गरेका थिए । तर त्यसमा पनि विद्वान् अन्बेषक एवं भाषाशास्त्री बालकृष्ण पोखरेलले आफ्नो ‘पाँच सय वर्ष’ शीर्षक ग्रन्थ (२०२०) मा ‘ठोस प्रमाण नपाउञ्जेल ‘राजधर्म’ ललितत्रिपुरसुन्दरीको कृति होइन भन्ने शिरोमणिज्यूको मतमा सहमति देखाउन सकिन्न’ भनिसकेकै थिए । यति हुँदाहुँदै पनि कमल दीक्षितले भनेझैँ ’राजधर्मको लेखक (अनुवादक) यही हो भन्ने हिम्मत कसैले पनि गर्न सकिरहेको थिएन ।

यस्तैमा, नरेन्द्रराज भाइ, तपाईंले परिश्रमपूर्वक खोज गरी अनेक प्रमाणहरू जुटाएर अठोटका साथ महारानी ललितत्रिपुरसुन्दरीबाटै ‘राजधर्म’ संस्कृतबाट नेपालीमा अनुवाद भएको भन्ने ठोकुवा गरेर लेख्नुभएको लेख (‘नारीचुली’मा समाविष्ट) र पुस्तकाकार कृति ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ नितान्त ऐतिहासिक महत्वका ठहरिने कुरा स्वतः सिद्धै छ । तपाईंका नारी विषयक यी ऐतिहासिक कृतिहरू यथार्थमा तपाईको नारीजातिप्रतिको असीम स्नेहभाव, सद्भाव र श्रद्धाभावका सुन्दर एवं उदाहरणीय अभिव्यक्ति पनि हुन् ।

अन्त्यमा भन्न चाहन्छु— संस्कृत भाषाको जगजगी रहेको त्यो जमानामा संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेर ‘राजधर्म’ (आजसम्मको खोजमा पहिलो ठहरिएको नेपाली पुस्तक) तयार पार्ने रानी ललितत्रिपुरसुन्दरी नेपाली भाषा साहित्यकी प्रथम ऐतिहासिक नारी लेखिका हुन् र साथै सो ‘राजधर्म’मा अध्यायैपिच्छे अध्यायको आरम्भ र अन्त्यमा मौलिक भक्तिपद्य लेखेकीले उनी प्रथम नेपाली कवयित्री पनि ठहरिन्छिन् । अनि पण्डित सुन्दरानन्द बाँडा लिखित ‘त्रिरत्न सौन्दर्यगाथा’ अनुसार तत्कालीन त्रिरत्नमध्येकी एक रत्न पनि हुन् उनी । यहाँनिर म के पनि भन्न चाहन्छु भने प्रथम नेपाली कवयित्री ललितत्रिपुरसुन्दरी तर हाम्रा आदिकवयित्री भने होइनन्, जसरी हाम्रा आदिकवि भानुभक्त आचार्य प्रथम नेपाली कवि होइनन, किनभने उनीभन्दा अगाडिका अनेक नेपाली कविहरू भेटिएका छन् । हुन पनि हामीले भानुभक्त आचार्यलाई प्रथम नेपाली कवि भएकाले आदिकवि भनेका होइनौँ, बरु उनी आदि प्रतिनिधि कवि वा आदि महान् कवि भएकाले आदिकवि भनेका हौं अर्थात् ‘आदिकवि’ शब्द नेपाली भाषासाहित्यमा ‘आदि प्रतिनिधि वा आदि महान् कवि’ भन्ने अर्थमा रूढ भइसकेको छ । यस अर्थमा अर्थात् आदिकवि शब्दको स्त्रीलिङ्गी रूप अर्थमा आदिकवयित्री कहलिन सक्तिनन् ललितत्रिपुरसुन्दरी, यद्यपि तिनीे माथि भनिएझैँ प्रथम नेपाली कवयित्री भने अवश्य हुन् ।

प्रिय नरेन्द्रराज भाइ, मैले माथि जेजति लेखें, ती सबै वास्तवमा तपाईंले दिनुभएका पुस्तक पढेपछि प्राप्त प्रेरणाबाटै लेखेको हूँ । तसर्थ यसको श्रेय म तपाईंलाई नै दिन चाहन्छु । सम्झना राखी, मलाई पुस्तक दिनुभएकोमा हार्दिक धन्यवाद ! तपाईंलाई यस्तो लेखन कार्यमा उत्तरोत्तर अधिकाधिक सफलता मिल्दै जाओस्; फेरि पनि मेरो हार्दिक शुभकामना !

तपाईंको सदा शुभेच्छुक
डा. कुमारबहादुर जोशी
चाबहिल, काठमाडौं ।
९ भाद्र २०६४


(कुमारबहादुर जोशीको यो पत्रात्मक लेख कैलाश भण्डारीको सम्पादन तथा प्रकाशनमा सुगन्ध मासिक (२०६४ वैशाख–असोज, संयुक्ताङ्कमा समेत प्रकाशित भएको छ) ।

यो सामाग्री गीतकार, निबन्धकार, जीवनीकार नरेन्द्रराज प्रसाई को अनुरोधमा लाइभमाण्डूमा पुनःप्रकाशन गरिएको हो ।


Loading comments...