चीनले प्रक्षेपण गर्यो विशाल रकेट


चीनले आफ्नो नेतृत्वको स्पेस कार्यक्रम अन्र्तगत अन्तरिक्षमा नयाँ स्पेस स्टेशन स्थापना गर्न चाहेको वर्षौ भइसक्यो, यो विशाल रकेट प्रक्षेपण यस परियोजनाको तेश्रो कदम हो, मगंलवार चीनले रकेट मार्च ५ बी को प्रथम प्रोटोटाइप उडान सफलतापूर्वक सञ्चालन गरेको छ । यस कार्गो रिटर्न क्याप्सुललाई स्पेसमा जाँच गर्नका लागि परीक्षण उडान गरिएको थियो जुन सफल भयो ।

वेनच्यागं स्पेस लन्च सेन्टरबाट यो रकेट लन्च भएको चीनको जिनुवा न्यूजले जनाएको छ, यो चीनको आइल्याण्ड प्रोभिन्स हाइनानमा पर्दछ । प्रक्षेपण गरको ४८८ सेकेण्डमा नै यस रकेटलाई छाडेर कार्गो रिटर्न क्याप्सुल योजना मुताविकको अर्विटमा छिरेको हो । यस क्राफ्ट ५३ दशमलव ७ मिटरको लम्बाई अनि ५ मिटर व्यासको रहेको छ, यस क्राफ्टमा कुनै मानव दल थिएनन, यो पूर्णत अटोमेटेड थियो ।

चीनको स्पेस सपनाले नयाँ आयाम पाएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

लाइभमाण्डु


Loading comments...