बगंलादेशको रोहिंगिया शरणार्थि क्याम्पमा पाइयो कोरोनाको पहिलो केस


यो पीडादायी खबर हो, अर्काको मुलुकमा शरणार्थिको हैसियतले दुख्ख अनि साँघुरो ठाँउमा बाँचिरहेका रोहिंगियाहरुको क्याम्पमा कोरोना संक्रमणको पहिलो केस पत्ता लागेको छ ।

करिब १० लाख शरणार्थिहरु त्यहाँ बस्दछन्, बिहिवार बंगलादेशका सिनियर अफिसर अनि संयुक्त राष्ट्र संघका समन्वयकर्ताले बताएका तथ्यलाएै अलजजिराले उद्धृत गरेको छ । उक्त क्याम्पमा यो पहिलो संक्रमणको केस हो, साँघुरो बसाई रहेको यस स्थानमा केसहरु अझै धेरै हुन सक्ने बताइन्छ । बंगलादेशका शरणार्थि आयोगका प्रवत्ता महबुब आलम तलुकदारका अनुसार ति संक्रमितलाई क्वारेन्टाइनमा पठाइसकिएको छ ।

अहिलेसम्म बंगलादेशमा १८८६३ संक्रमण र २८३ कोरोना संक्रमणले भएका मृत्युका केसहरु छन् । गत मार्च २६ बाट त्यहाँ पनि देशव्यापी लकडाउन छ ।

लाइभमाण्डु


Loading comments...