मोबाईल ब्राण्डहरुको विश्व बजारमा सामसङको नम्बर १ स्थान कायमै


सर्वाधिक लोकप्रिय दक्षिण कोरीयाली एण्ड्रोइड मोबाईल ब्राण्ड सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विश्वकै नम्वर १ मैं बनिरहन सफल भएको छ । सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ ।

विगत लामो समयदेखि आफूलाई विश्वकै अत्याधिक विक्री हुने एन्ड्रोइड स्माट फोनकोरुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो बर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो । यस अवघिमा रिडमी, साओमी लगायतका अन्य प्रतिष्पर्धी मोवाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन् । सामसङ कम्पनिले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बडीको संख्इामा यो मोवाइल विक्री भएको जनाएको छ ।

एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्ट फोन विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रिडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ । सो अध्ययन अनुसार रिडमीको बजारहिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रिमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।


Loading comments...