भारत र बंगलादेशमा शक्तिशाली आँधी आँउदै


भारत र बंगलादेशलाई प्रत्यक्ष हसर गर्ने गरि एउटा ठूलो साइक्लोन बंगालको खाडीमा आँउदै गरेको सूचना पाइएको छ, भर्खरै सिएनएन मौसम समाचारमा यस कुराको जनाउ गरिएको छ ।

साइक्लोन एमफ्यान नाम दिइएको यस आँधीलाई क्याटगोरी ४ समानको शक्तिशाली र बिध्वंशकारी आँधी बताइएको छ । यस आँधी २४० किमी प्रतिघण्टाका दरले अघि बढिरहेको छ । कोरोना महामारीमा युद्धरत दुबै देशहरु भारत र बंगलादेशलाई यस शक्तिशाली आँधीले थप विनाश तर्फ उन्मुख गर्ने र अहिलेसम्मकै बंगालको खाडीमा आएका आँधीहरु मध्य यो सर्वाधिक शक्तिशाली आँधी हुने बताइएको छ ।

लाइभमाण्डु


Loading comments...