
सुडानबाट आएका सलहलाई कसरी रोक्ने ?
लोकस्ट वार्निगं अर्गनिजेशनले यस्ता फट्यांग्रा प्रजातिका वालीनाली र जगंल सखाप पार्न सक्ने सलहको रोकथाम गर्ने र भगाउने विषयमा केहि उपायहरु जारी गरेको छ । उत्तर भारतमा राजस्थान, सोनभद्रा, जयपुर, झाँसि लगायतका स्थानहरुमा यस्त लोकस्टहरु देखिसकेका छन् । फरेस्ट पिपार्टमेन्टले भारतका जगंलहरुमा राखेको साना कलमी बिरुवा र ससाना बिरुवाहरुलाई प्लाष्टिकले छोपेर राख्न थालेको छ भने ति सलहहरु दिनभरि यात्रा गर्ने र राती वास बस्ने ठाँउमा सबै सखाप पारिदिने जानकारी पनि लोकस्ट वार्निगं अर्गनिजेशनले तयार गरेको छ ।

नेपालमा पनि गहुँ बारीहरु काटिएको छ भने मकै, भदौरे धानहरु, तरकारी अनि अनेक बारी र अन्नहरु लगाइएका छन्, अब नेपालीहरु यि सलहका झुण्डसंग कसरी जोगिन सक्दछौ भन्ने विषयमा हामीले भेला पारेका आधिकारिक जानकारीहरु आज यहाँ प्रस्तुत गर्दैछौ ।
भारतमा भने अग्निनियन्त्रकहरुलाई पनि परेको खण्डमा सलहको झुण्डलाई बिथोल्न तयार गरिएको छ । यि लोकस्टहरु एक वर्ग किमी स्क्वायरमा रहन्छन्, लगभग आकाश नै छोपिने गरि यिनीहरु समुहमा उड्दछन्, यिनीहरुको संख्या यति छ कि सहजै ३५०० जना मान्छेहरुको भोजन पुग्ने गरि यि किराहरुको संख्या छ । पछिल्लो पटक भारतमा देखिएको आकार भन्दा २० गुणाले यि किराहरुको शरीर बढेको बताइन्छ । भारतको उत्तर प्रदेश राज्य प्रशासनले जारी गरेको बिज्ञप्ती अनुसार यदि यि किराहरुले कुनै घर या गाँउ या शहरमा धावा बोलेमा सबैजना मानिसहरु एक ठाँउमा भेला भएर ढोल बजाउने, थालहरु ठटाउने र हल्ला गर्ने गरेमा यि किराहरु सहजै उडेर जाने बताइएको छ ।
पन्जाब राज्य झनै संवेदनशील रुपमा अघि सरेको र १ करोड रुपैंया लोकस्ट आक्रमण बिरुद्धको तयारीका लागि राज्यले बिनियोजन गरिसकेको छ, लगभग सबै राज्यहरुले १० गाडी ट्याकंरहरुमा किटनाशक ओखतीहरु छर्न तयार गरेर राखेका छन् । गाँउगाँउमा किटनाशक ओखती सहितको स्प्रे पम्प पनि राख्दै पन्जाबको भारतपाक सिमामा निकै गस्ती र सर्भेहरु गरिरहेका छन् ।
हरियाण स्टेट पनि तयार रहेको बताइएको छ, उनीहरु पनि पेस्टीसाइड स्प्रे, ट्याकं र गाडीहरुमा तैनाथ छन् ।
दिल्ली सरकारले यस्ता पेस्टीसाइड बनाउने तरिका उल्लेख गर्दै Melathion 50% EC, Melathion 25% WP, Chloropyriphos 20% EC and Chloropyriphos 50% EC लाई पानीमा मिसाएर घोल बनाँउदै स्प्रे गर्न आव्हान गरेको छ । दिल्ली आसपासमा भएका १४ सरकारी नर्सरीहरुमा १४ लाख बिरुवाहरु रहेका छन्, सबैलाई प्लास्टिकले छोपेर सुरक्षित राखिने तयारी छ । गर्मीमा बिरुवाहरुलाई प्लाष्टिकले छोप्दा बिरुवा मर्ने भएकाले सलहहरुको आक्रमण या आगमन भएपछि छोप्न प्लाष्टिकहरु तयारी हालतमा राखिएका छन् ।
राजस्थानका २० जिल्लाका ९० हजार हेक्टरका वालीनालीहरु लोकस्ट आक्रमणले ध्वस्त भएका छन्, भारतको यस राज्य सर्वाधिक धेरै प्रभावित छ । महाराष्ट्रमा हरेक बिहान र बेलुका किसानहरुलाई खेतमा जाँच गर्न जाने रुटिन बनाँउदै राज्यले खेतमा ठूलो खाडल खन्न, पानी हाल्न र ठूलो ठूलो आवाजमा सङ्गीत घन्काउन आव्हान गरेको छ ।
भारतका यि राज्यहरुको सलह रोकथामका उपायहरुबाट नेपाली किसानहरुले केहि उपायहरु पाउने छौं र सिक्ने सिक्ने छौं भन्ने लाइभमाण्डुको अपेक्षा छ ।
लाइभमाण्डु