Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

नेपाल फिल्म सोसाइटिद्वारा चलचित्र बिकाश बोर्डका अध्यक्षलाई बधाई तथा शुभकामना

१५ असार २०७७, सोमबार ००:४८

काठमाडौँ – नेपाल फिल्म सोसाइटिद्वारा चलचित्र बिकाश बोर्डका नब नियुक्त अध्यक्ष दयाराम दाहाललाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र बिकाश बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष, चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष तथा बरिष्ट अभिनेता कृष्ण मल्लले नव नियुक्त अध्यक्ष दयाराम दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी गर्नु पर्ने कुरामा जोड दिए । कोभिड-१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाइ पुन: संचालन गर्न समेत उनले नवनियुक्त अध्यक्षलाई सुझाव दिएका थिए भने नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुतावासको सहयोगमा चलचित्र दूत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।

सो अवसरमा नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी लामो समय देखि आफु पनि चलचित्र उद्योगमा काम गरेको अनुभवले सम्पूर्ण चलचित्रकर्मीहरुको दुःख पीडा बुझेको हुँदा आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्थामाथि हस्तक्षेप नगरी चलचित्र उधोगलाइ नयाँ उचाइमा पुर्याउने बताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ठ चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटिका नायक निर्माता मदु कुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा, संचारकर्मी सुर्य चन्द लगायतका व्यक्तित्वको उपस्थितिमा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाल तथा पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, लायन्स क्लबका विभिन्न पदमा पदोन्नोति भएका लायन मोहन कृष्ण श्रेष्ठ , राजेश बिशुराल, शुभाष खड्का, टंक पौडेल र सन्तोष कार्कीलाइ समेत बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको

विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित