
श्रृंखला मिस वर्ल्डको अन्तिम ३० मा (भिडियो सहित)
१७ मंसिर २०७५, सोमबार २२:१७
चीनमा ६८ औं मिस वर्ल्ड २०१८ आयोजना भइरहेको छ । जसमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा आफनो स्थान सुरक्षित गर्न सफल भएकी छिन् । नेपाली भुमिको प्रतिनिधित्व गरिरहेकी श्रृंखलाले टप ३० मा पुग्नु निकै गौरबको कुरा रहेको छ । विभिन्न १२२ देशले सहभागिता जनाएको यस प्रतियोगितामा टप ३०को लागि विभिन्न ३० बिधाहरु सञ्चालन गरिएको थियो ।
मल्टिमिडिया बिधामा सामाजिक सञ्जालमा भएको सर्मथन, रचनात्मक विषयबस्तु तथा प्रभावको आधारमा टप ३० मा उनको स्थान सुरक्षित भएको हो । यस बिधामा छनोट भएका अन्य दुई राष्ट्र मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले आफनो स्थान सुरक्षित पर्न सफल भएकी हुन् ।
हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएकी श्रृखंलाले अन्य शिर्षक बाकी रहेको र शुभचिन्तक सबैलाई नआतिनु भन्दै भिडियो पनि शेयर गरेकी थिइन् । मल्टिमिडिया अर्वाड जिते पछि सम्पुर्ण नेपालीलाई धन्यवाद सहितको भिडियो सार्वजनिक गरेकी छिन् । यस संस्करणमा नेपाली चेलीको राम्रो सम्भाव्यताको रहेको आकलन गरिएको थियो । उनलाई देश तथा बिदेशबाट सबैभन्दा बढि भोटिङ्ग प्राप्त भइरहेको छ ।यस विश्वसुन्दरी प्रतियोगिताबाट फर्कदै गर्दा उनको शिरमा ताज देख्न पाऊँ, श्रृखंलालाई धेरै धेरै शुभकामना ।
https://www.youtube.com/watch?v=PmU47_QXkgI&fbclid=IwAR3eOpcI0_swxK2gJNQQXL0476TIEKtuK4pJUOc5L8F85QknY3Y57oCiuLM
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। सरकारले वार्ता टोली गठन गरेपछि
काठमाडौं- विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको