Lifestyle Portal
  •   १७ असार २०७९, शुक्रबार

चिसो मौसममा के खाने, के नखाने ?

१३ पुष २०७५, शुक्रबार ११:४७

चिसो बढ्न सुरु भइसकेको छ । चिसो संगै घाँटीको दुखाइ, रुघाखोकी, ज्वरोजस्ता चिसोजन्य रोगले च्याप्न पनि सक्छ । यस्तोमा आफैँलाई बचाइराख्नु आवश्यक हुन्छ । त्यसका लागि सही खानेकुराको छनोट उत्तम विकल्प हो । चिसोबाट बच्न यी खानेकुराले निकै मद्दत गर्छन् :

बदाम- बदाममा आइरन, नियासिन, फोलेट, क्लाल्सियम र जिंक पाइन्छ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, मिनरल आदि तत्त्व पनि प्राप्त हुन्छ, जुन जाडोमा फाइदा हुन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।

ड्राइफ्रुट्स- यिनमा प्रोटिन, फाइबर, फोलिक एसिड, भिटामिन ई, भिटामिन बी–६ आदि खनिज पदार्थ प्रशस्त हुन्छ । यिनको सेवनबाट शरीरमा ऊर्जा रहिरहन्छ र रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमा रहेको एन्टिअक्सिडेन्टले बढ्दो उमेरमा पनि चुस्त–दुरुस्त राख्छ ।

स्याउ- स्याउ एन्टिअक्सिडेन्टले भरिएको हुन्छ । यसले एनिमिया र क्यान्सरको खतरालाई पनि कम गर्छ । यसले डाइबिटिज कम गर्न र पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ । प्रतिरोध क्षमतालाई कायम राख्न र शरीरमा शक्ति बढाउन स्याउ उत्तम हुन्छ ।

गाँजर- गाँजरले शरीरमा भिटामिन ‘ए’को कमीलाई पूरा गर्छ । भिटामिन ‘ए’को कमीले आँखाको बिमारी, छालाको सुक्खापन, कपाल झर्ने, नङ खराब हुने आदि रोग लाग्छ । गाँजरले फोक्सो, छाती र पेटको क्यान्सरको खतरा पनि कम गर्छ ।

अम्बा- यो जाडोको फल हो । यसले अनुहारको छालालाई नरम बनाउन मद्दत गर्छ । आँखालाई स्वस्थ राख्छ । त्यस्तै छालामा चमक ल्याउन, कब्जियतबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

सुन्तला- भिटामिनबाट भरपूर सुन्तला चिसोमा असाध्यै उपयोगी फल हो । यसमा हुने पोटासियम र फोलिक एसिड, क्याल्सियम, कोलेस्ट्रोल र ग्लुकोज स्वास्थ्यका लागि असाध्यै राम्रो हुन्छ । यसलधे प्रतिरोध क्षमतालाई बलियो बनाउँछ ।

पालुंगो– पालुंगो सागमा भिटामिन ए, बी, सी, आइरन र क्याल्सियम अधिक मात्रामा पाइन्छ । यी तत्त्वहरूले प्रतिरोध क्षमतालाई बलियो बनाइराख्न मद्दत गर्छन् । खोकी र फोक्सोको सुन्नाइमा पालुंगोले ठीक गर्छ । पालुंगोको रस पिउनाले आँखाको ज्योति र स्मरणशक्ति पनि बढ्छ । यसमा आयोडिन पनि हुने हुनाले दिमागी थकान कम गर्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको