Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

सम्झनामा स्वर सम्राट नारायणगोपाल

१९ मंसिर २०७५, बुधबार १२:१८


‘म त लाली गुराँसै भएछु
बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु’

नारायणगोपालको यो गीतमा एउटा दर्शन छ र यस्ता दर्शनहरु लगभग उनका हरेक गीतहरुमा पाइन्छ । जब दर्शन मिसिएको गहिरा शब्दमा नारायणगोपालको आवाज अनि उनका अभ्यस्त औंलाहरुले हार्मोनियम फिट्न थाल्दथे तब गीतहरुले एउटा मर्म अभिब्यक्त गर्दथे, रेडियो नेपालमा कति लाइभ अनि कति रेकर्डेड , केही थान रिलचक्काहरु अनि केही सुमधुर साँझहरु । नारायणगोपाल बजिरहे अनि कालजयी हुँदैगए उनका आवाज ।

आज मसिंर १९, यसै दिन बिसं २०४७ मा स्वरसम्राट अस्ताएका दिन तर फेरि सर्जकको कहिले मृत्यू नहुने प्रमाण उनका गीतहरुले आज लगभग ३० वर्षपछि पनि दिइरहेका छन् । हरेक रियालीटी शो, अन्ताक्षरी, पिकनीक देखि मधुशालासम्म नारायणगोपालका गीत बिना अधुरा छन् ।

त्रिचन्द्र कलेजको बिधार्थी भेलाको मञ्चमा प्रथम पटक दर्शकका लागि गाउन भनेंर पहिले तबला बजाएका अनि पछि माइक समातेका नारायणगोपालको जीवन नै माइक अनि हार्मोनियमको सहयात्री जो बन्न पुग्यो । एउटा मोटो चश्मा लगाउने, बुलन्द आवाज भएका, हार्मोनियम फिटेर पलेंटी कसेर गाउने नारायण गोपाल ।

उन्का किस्साहरु धेरै छन् । नक्सालमा केहि पुराना नेवारी भान्साहरुमा अनि केहि उ बेलाका साथीहरुको यादमा नारायणगोपाल अझै पनि एउटा अच्चमका साधक हुन् । मदिरम अनि मदहोशीका मगन एउटा गायक जो शब्द अनि सुरका अचम्मका पारखी थिए । एउटा र्फेक्सनीस्ट अनि एउटा मुडका मालिक नारायणगोपाल । रातीको अबेरसम्म गीतमा जमेका नारायणगोपाल सबेरै मञ्चमा उक्लनेमा पनि प्रथम हुन्थे, यि गायक संगितका लागि बाँचे ।

उनको नीलो रंगको मोटरसाइकलको आजपनि त्यसताकाका धेरै गायकले चर्चा गर्दछन्, मोटरसाइकलमा बतासिँदै आउने नारायणले कहिले पछ्यौरी उडाएका त कहिले दुख्ने घाउका गीतका कुराहरु गाँउदै गए । मायालु चलचित्रको हिमाल सरि म अग्लिरहेछु नारायणगोपालको एउटा अर्को उत्कृष्ट गायन हो । दक्षिणा चलचित्रको यो मुटुलाई बोलको गीत गाँउदाको खोकी उन्को बास्तविक खोकी रहेको बताइन्छ, रोगले थलिएका नारायणलाई दैवले चुढेँर त लगे तर उनका गीतहरुको कुनै सिमारेखा छैन् । नेपाली रेडियो, टिभी, यूट्यूब लगायत सम्पूर्ण मिडिया नारायणका गीतका बेगर अपुरा नै हुन्छन् ।

नारायणगोपाल एउटा गायक कम तर सपना बढि हुन् । यिनले भरपुर आफ्नो सपना बाँचेर गए अनि उनका सपनाका टुक्राहरुका रुपमा गीतहरु अझै पनि हामीसाथै छन् । खानाका शौखिन यी गायक चेस अनि फुटबलका क्रेजी नै थिए । आफ्नो अगाडी काठका टेबल मेच भेटेपनि बजाएर गीत गाउन शुरु गरिहाल्ने यी महान कलाकार नारायणगोपाल नेपालीमा मनमनमा सदैव अमर रहनेछन् ।

स्मृती स्वरसम्राटको

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,