Lifestyle Portal
  •   २ जेष्ठ २०७८, आईतवार

बेसारको फाइदा तथा केही तथ्यहरु

१९ भाद्र २०७७, शुक्रबार १०:३६

नेपाल, १५ भाद्र, २०७७ । दक्षिण एशियाको उष्णकटिबंधीय क्षेत्रमा हुने बेसारलाई अंग्रेजी भाषामा टरमेरि‍क (Turmeric) तथा ल्याटिन भाषामा ‘कुरकुमा लौङ्गा’ नामले चिनिन्छ । ‘कुरकुमा लौङ्गा’ बिरुवाको जमिनमुनी भएको गाँठोयुक्त जरा भनेकै बेसार हो । जसलाई संकलन गरी उमालेर सुखाइसकेपछि पिसेर प्राकृतिक रुपमैं पँहेलो रंगको धूलो तयार हुन्छ, यसलाई बेसार भनिन्छ ।

Turmeric | बेसार | टर्मरिक | हल्‍दी | हर्दी

६०० इशापूर्व मा बेसारको प्रयोग कपडाजन्य वस्तुहरु तथा अन्य हाते उत्पादनहरुलाई रङ्गाउनका लागि प्रयोग हुन्थ्यो । पूर्वी सभ्यतामा यसको प्रयोग जूगौंजूगदेखि हुँदै आएको छ । आयूर्वेदिक हर्बल औषधीहरुमा बेसारको प्रयोग हुँदै आएको छ तथा, यसबाट तयार भएका औषधिहरुको प्रयोग विभिन्न स्वास्थ्य समस्याहरुमा प्रयोग हुनेगरेका छन् । स्वासप्रस्वाससँग सम्बन्धीत समस्याहरु, रुमेटिज्म, शरिर थकान सम्बन्धी समस्याको समाधानका लागि बेसार प्रभावकारी मानिएको छ ।

कपडालाई रङ्गीनका लागि समेत बेसारको प्रयोग गर्ने गरिन्छ । यहाँसम्म कि मार्को पोलोले सन् १२८० मा चीनको यात्राको क्रममा आफ्नो टिप्पणीमा बेसारको तुलना केसरसँग गरेका थिए । अझै पनि मध्य यूरोपमा बेसारलाई “केसर” नै मानिदै आएको छ ।

बेसारको स्‍वाद टर्रो हुन्छ र पूर्वीय खानाहरुलाई पँहेलो गर्नका लागि समेत बेसारको प्रयोग गर्ने गरिन्छ । प्याक गरिएका, बेक, डेरी उत्‍पादन तथा जूसहरुमा समेत बेसारको प्रयोग गर्ने गरिन्छ । खाद्य पदार्थहरुलाई बेसारको पत्तामा बेरेर समेत केही खानेकुराहरु पकाउने चलन छ । यसरी खाना पकाउँदा बेसारको औषधिय गुण खानाले प्राप्त गर्नुका साथै फरक स्‍वाद पनि प्राप्त हुन्छ ।

बेसार एक चमात्कारिक मसला हो । प्राकृतिक चिकित्सा पद्धतीको मान्यता अनुसार दूधसँग बेसारको मिश्रणले बेसारको गुण दुइगुणाले बढ्दछ । बेसारमा घुलनशील ‘करक्‍यूमिन’ नामक रसायनिक तत्‍व हुन्छ ।

काशी हिन्दू विश्वविद्यालय स्थित माइक्रोबायोलाजी विभागका शोधकर्ताहरुले बेसारमा पाइने ‘करकूमिन’ नामक तत्वको अतिसूक्ष्म कण बनाइसकेका छन् । जुन पानीमा पूर्णत घुल्न सक्छ भन्ने तथ्य प्रस्तुत गर्र्यो । यस अघि तेलमा पूर्णत घुल्नसक्ने तथ्य मात्र सार्वजनिक भएका थिए । यस महत्वपूर्ण खोजबाट अल्जाइमर, पार्किन्सन तथा अबुर्द रोग (क्यान्सर) जस्ता असाध्य रोगहरुको निदानका लागि नयाँ अध्यायको प्रारम्भ गर्न सक्छ । बेसारको प्रयोग यसो त पूर्वीय सभ्यतामा विशेषतः नेपाल, भारत, पाकिस्तान, बर्मा, भुटान, श्रीलंका, बंग्लादेश लगायत कैंयन देशहरुमा सदियौंदेखि हुँदै आएको छ । काशी हिन्दू विश्वविद्यालयको यस खोजबाट यसको पूर्ण औषधीय गुणहरुको प्रयोगमा अझै नयाँ आयामहरु भेटिनेछन् ।

यो अनुसन्धानको विस्तृत रिपोर्ट ‘फ्रन्टियर्स इन माइक्रोबायोलोजी जर्नल’मा प्रकाशित भइसकेको छ ।

बेसारका बारेमा केही तथ्‍यहरु:

  • वानस्‍पतिक नाम: कुरकुमा लौंगा
  • वंश: जिन्जिबरऐसे
  • सामान्‍य नाम: बेसार, टर्मरिक, हल्‍दी, हर्दी
  • संस्‍कृत नाम: हरीद्रा
  • उपयोगी भाग: बेसारको जरा, डाँठ तथा पात
  • भौगोलिक विवरण: बेसारको उत्पादन दक्षिण एशिया प्रचूर मात्रामा हुने गर्दछ । नेपाल लगायत भारत, इण्डोनेशिया, चीन, फिलीपिन्स, ताइवान, हैटी, जमैका, श्रीलंका तथा पेरूमा बेसार पाइन्छ ।
  • रोचक तथ्‍य: कुरकुमा लौंगा नाम अरबी बिरुवा कुरकुमबाट लिइएको हो । चीनमा इसलाई ‘जिङ हुआङ’ भनिन्छ ।

बेसारबारे अन्य सामाग्री:

बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र

काठमाडौँ | गत बुधबारदेखि कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ । गत मंगलबार नेपालमा हालसम्मकै

काठमाडौं। आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको