हजुरबाबाका कुराहरु


subash Bhandari
सुबास भण्डारी

धमिला आखाँहरु, हिड्न खोज्ने तर लडबढाउने पाइलाहरु, फुलेका दारी जुगाँ, चाउरीएको गाला,केहीमात्र बाकी रहेका दातका टुक्राहरु, कम सुन्ने तर सुन्न खोज्ने कानहरु, सबै कुरा बुझन खोज्ने मन,रोगहरु अनि समय समयमा खानुपर्ने औषधिका पोकाहरु । एकदिन म पनि यस्तै अवस्थाबाट गुज्रिन्छु, माथि उल्लेखित शारिरिक अनि मानसिक परिवर्तनहरु मैले पनि महसुस पक्का गर्नुछु । मेरो बुढेसकालको अनुभव म मेरो हजुरबाबालाई हेरेर गर्न सक्छु त्यसैले उहाँले खोज्ने, साथ,सम्बाद, हासो मा केही समय बिताउदा म रमाउछु अनि उहाँ पनि ।

८५ औ बसन्तको महसुस गरिरहदाँ उहाँसँग जिन्दगीका अनुभवहरुको ठुलै थुप्रो छ् । राजनैतिक क्षेत्रमा भएका विभिन्न उतार चढाब उहाँले निकै नजिक बाट निहाल्नु भएको छ । प्रजातन्त्र,बहुदलिय व्यवस्था, द्धन्द्ध, राजतन्त्रको अन्तय अनि गणतन्त्र यी सबै राजनैतिक परिवर्तन र त्यसको प्रभावलाई महसुस गर्नु भएको छ । साथै राजनैतिक विकाससँगै बिकासका पक्षहरुको पनि महसुस गर्नु भएको छ । बाबु आमाको मायाबाट सानै उमेरमा बञ्चित हुनुभएको उहाँले सानै उमेरदेखि संघर्षका पाइलाहरु चलाउनु भयो । उहाँको समयका दुखहरु सम्झीनु हुन्छ, पारिवारिक माया बिहनी बाल्यकाल, विवाह, घर, जग्गा ,सन्तान, शिक्षा, अंश यी विभिन्न पाटाहरुमा निकै मन छुने प्रसंङ्ग छन् । एउटा सानो बिरुवाले बिशाल रुप लियो, हाँगाहरु मजबुत भए, घडेरी, सुख्खा, हावाहुरी बीच लड्दै आजको अवस्थामा आँउदा उहाँको कथामा कयौ दुख, सुखका कथाहरु लुकेका छन् । निकै मार्मिक अनि यथार्थ ।

धेरै वर्ष भयो यसरी चकलेट दिन लाग्नु भएको । मलाई मात्र होइन घरमा आउने जो कोही, चीनेको, नचिनेको, बुटुवा,व्यापारी,आफन्त,ठुला,साना सबैको स्वागत चकलेट बाटै गर्नुहुन्छ । उहाँको खल्तीभरी हुन्छन चकलेट । भिस हो राम्रो गर्च , ८६ वर्षको उमेरमा पनि उहाँ रोग देखी टाढा हुनुहुन्छ उहाँले औषधी खाएको विरलै थाहापाएको छु । पातीको पात, निमको पात, बोदो,घोटाप्रे चाही निकै खानुहुन्छ , सायद यही नै हो की उहाँको स्वस्थ हुनुको रहस्य मलाई पनि दिनु हुन्छ खान तर मेरो घाँटी त्यी पाताहरु निल्न निकै कठिन मान्छ ,कसरी खान सक्नु हुन्छ । पानी , पानी नियमित पिउनु पर्छ भन्नुहुन्छ ।

मलाई चकलेट दिइ आफु भने सुर्ति मुखमा हाल्दै सुर्तिको स्वाद लिनु हुन्छ , म हजुरबाबालई जिस्काउदै भन्छु मलाई भिस दिएर आफु भने मीठो सुर्ति खानु हुन्छ । नाई म पनि सुर्ति खान्छु ।

मिठो छ भन्दैमा कसरी नातीलाई विष दिउ र मेरो पो बानी प¥यो । सुर्ति छाडन कोसिस नगर्नुभाको पनि हैन , सुर्तिको संगत छाडन ल्वाड,सुकमेल पनि चवाउन थाल्नु भयो तर भनिन्छनी पहिलो माया निकै प्यारो हुन्छ । उहाँको माया पनि सुर्तिसगैको त्यस्तै निकै प्यारो । प्रविधिको विकास देख्दा हजुरबाबा निकै अचम्म मान्नुहुन्छ । खेतेपाती देखि लिएर होस वा भेटघाटमा समेत प्रविधिको प्रयोग देख्दा उहाँ निकै खुसी मान्नु हुन्छ, अनि कहिलेकाहि यो समयसँग गुनासो गर्नुहुन्छ्, म अलि छिटो जन्मिएछु ।


Loading comments...