Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

न्यायको खोजीमा “बिरोधाभास”

२१ मंसिर २०७५, शुक्रबार २२:३४


१३० दिन बितिसक्दा पनि अपराधी पत्ता लागेको छैन् । अनुसन्धानका नाममा विभिन्न टोली गठन भए, तरपनि घटनाको प्रतिवेदन “अरे” मात्रै छ । प्रहरी प्रशासन बाटै घटनाका सबुतहरु मिटाएको प्रशङ्गले न्याय व्यवस्था माथी नै प्रश्नचिन्ह खडा भएको छ । यसै क्रममा सरकारलाई घटनाको उचित अनुसन्धानको लागि दबाबमुलक विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

न्यायको माग गर्दै सामाजिक सञ्जालका भित्ता हुन या बाटो, पोल सबैतिर एउटा न्यायको माग गर्दौ उत्रिएका आवाजहरु देख्न अनि सुन्न सकिन्छ् ।अंकगणितिय रुपमा मजबुद मानिएको सरकार न्यायको हिसाब गर्न नसकेको भन्दै चौतर्फी अलोचना पाइरहेको छ । देश तथा विदेशमा समेत निर्मलाको न्यायको लागि विभिन्न विरोध कार्यक्रम भएका छन् । कतै मानव साङ्गलो बनाएर बिरोध गरिरहेका छन् कतै बाटोमा निदाएर सरकार निदायो भन्दै विरोधका आवाजहरु गुन्जिएका छन् । यसै क्रममा शुक्रबार माइतीघर मण्डलामा केही पृथक शैलीको बिरोध देखियो । “बिरोधाभास” नाम दिइएको सडक नाटक मार्फत कलाकारहरुले आफनो बिरोध प्रस्तुत गरे । छोरीको न्याय माग्दै हिडेका बुबा,आमालाई न्याय माग्न जाँदा भोग्नु परेको समस्या, न्याय दिने ब्यक्तिले नै न्यायबाट बञ्चित गराएको साथै अपराधीलाई बचाँऊ गरेको प्रशंङ्गलाई निकै मार्मिक रुपमा प्रस्तुत गरेका थिए । एक दिन अवश्य पनि अपराधीले सजाए र पिडित न्याय पाउने आशा उक्त सडक नाटकमा देख्न सकिन्थ्यो ।

पाँच जना कलाकार आशिष, बिर्गिड, मनोज,मुकेस, धिराजले अपराधी, पिडितका अभिभावक,न्याय र सरकारको भुमिका निर्वाह गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग