नभाल्नी घटना: नभाल्नीको समूहले घातक ‘नोविचोक विष’बारे बोतल प्रमाण टम्स्कमा फेला पार्‍यो


रुस । रूसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा बेहोशीको हालतमा गत अगष्ट, २०२० मा भेटिएपछि अस्पतालमा भर्ना गरिएको थियो । रूसका लोकप्रिय भ्रष्टाचार विरोधी नेता नभाल्नी विमान यात्राका क्रममा अचानक बिरामी भएका थिए । उनको स्वास्थ्य अत्यन्तै नाजूक हुनथालेपछि विमानलाई ओम्स्कमा आपतकालीन अवतरण गराइएको थियो ।

अत्यन्तै जटिल स्वास्थ्य उपचारको प्रक्रियाबाट गुज्रिएका रुसका प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नी अहिले सञ्चो हुने प्रक्रियामा छन् । यिनको स्वास्थ्यको उच्च प्राथमिकता दिदैं थप उपचारका जर्मनले बर्लिन लगेको थियो । जर्मन चिकित्सक टोलीले नभाल्नीलाई तातो चियामा ‘टक्सीर नर्भ एजेन्ट’ दिएर बिरामी पारिएको ठोकूवा गरेका थिए । रुसमा राष्ट्रपति पुटिनको सबैभन्दा कट्टर आलोचक तथा प्रभावशाली युवा नेता एलेक्सी नभाल्नीमाथी भएको यस घृणित कार्यमा रुससँग रुष्ठ पश्चिमी देशहरुले दूरी बढाउन थालेका छन् ।

उनलाई स्नायु प्रणालीलाई असर गर्ने घातक विष दिइएपछि बिरामी परेका नभाल्नी जर्मनीको बर्लिनस्थित अस्पतालमा एक महिना लामो उपचारपछि अहिले अस्पताल बाहिर छन् । शुरूमा टम्स्क विमानस्थलमा उनले पिएको चियाको कपमा विष थियो कि भन्नेमा आशङ्का केन्द्रित भएको थियो ।

तर उनको समूहकी एक सदस्यले उनी बिरामी परेको थाहा हुने बित्तिकै द्रूतरूपमा गरेको कारवाहीका कारण जर्मन अनुसन्धानकर्मीहरू ‘नोविचोक तत्व’ उनको शरीरमा त्यसभन्दा अगाडि नै पुर्‍याइएको कुरामा विश्वस्त थिए ।

‘नर्भ ग्याँस’ र ‘पेस्टीसाइड पोइजनिङ’को ओखती ‘अट्रोपलीन’ प्रयोग गरेर जर्मनमा नभाल्नीको उपचार भएको थियो । नभाल्नी जीवन मृत्यूको दोसाँधमा कोमाकै क्रममा जर्मनीको बर्लिनबाट रसिया पुगेको एक विशेष एयर एम्बुलेन्समार्फत प्रभावशाली उपचारका लागि जर्मन लगिएको थियो । स्वास्थ्य विज्ञहरुका अनुसार यस उपचार पश्चात् पनि नभाल्नी दीर्घरोगी र सम्भावित असक्रिय जीवनको शिकार हुने आशंका गरेका थिए ।

तर पछिल्लो समय जारी ताजा तस्वीरमा दुब्लो पातलो नभाल्नी विना कसैको सहायता हातमा निलो रङको पञ्जा पहिरिएर सिंढीमा उभिएका देखिएन्छन् । अर्थात उनी बिल्कूल स्वस्थ्य छन् ।

नभाल्नीमाथी भएको घातक विषाक्त आक्रमण पछि के गर्यो त नभाल्नीको समूहले?
नभाल्नी कोमामा गए भन्ने थाहा हुने बित्तिकै नभाल्नीको सहयोगी मारिया पेवचिखलाई अब आफूले द्रूत गतिमा काम गर्नुपर्छ भन्ने लाग्यो । उनी तत्काल नभाल्नीले त्यसदिन बिहान छोडेको होटेलको कोठामा पुगिन ।

उनले मेडियासँग कुराकानीका क्रममा भनिन, “त्यो हामीले सोच्नुपर्ने किसिमको निर्णय नै थिएन- त्यो स्वाभाविक थियो र हामीले त्यो परिस्थितिमा गर्न सक्ने भनकै त्यही काम थियो।”

त्यसदिन ४४ वर्षीय नभाल्नी मस्को फर्कँदै थिए । उनको एफबीके भ्रष्टाचार विरोधी संस्थाका केही सदस्यहरू भने स्थानीय एक विषयमा अनुसन्धान सम्पन्न गर्न टम्स्क होटलमै रहेका थिए । मरिया पेवचिख नभाल्नीको भ्रष्टाचार विरोधी समूह सञ्चालन गर्छिन् । उनीहरूले रुसका राजनीतिक र व्यवसायिक संस्थापन पक्षका मानिसले शक्तिको दुरुपयोग गरेर विभिन्न तहमा भ्रष्टाचार गरेको भन्ने आरोपसहित थुप्रै विस्तृत प्रतिवेदनहरू सार्वजनिक गरेका छन् ।

“एलेक्सी एकजना स्वस्थ्य व्यक्ति थिए। हामी उनीसँग केही दिनदेखि सँगसँगै थियौँ, पहिले नोवोसिबर्स्कमा र त्यसपछि टम्स्कमा । स्वस्थ्य मानिसहरू विना कारण अचेत अर्थात् कोमामा जाँदैनन्। त्यसैले केही कुरा अत्यन्त खराब भएको थियो भन्ने हामीलाई थाहा थियो। अनि यो रुस हो। मलाई त्रस्त पार्ने कुरा त कसैलाई विषाक्त पार्नु यहाँ सामान्य जस्तो भएको छ।”

उनको तर्क थियो – यदि उनलाई विष दिइएको थियो भने त्यहाँ कुनै प्रमाण अवश्य हुनुपर्छ ।

जब नभाल्नीको समूहले उनी घातक विष आक्रमणमा परेको जानकारी पाएपछि होटलका एक कर्मचारी आफूहरूसँगै उनी अन्तिम पटक कोठामा गएको उनले बताइन् ।

मारिया पेवचिख भन्छिन्, “शुरूमा उनीहरूले हामीलाई भित्र जानै दिएनन्, त्यसैले हामीले त्यो कोठामा हामीभन्दा पहिला कोही नजाउन् भनेर पहरा दिन शुरू गर्‍यौँ । हामीले ढोकाको अगाडि एउटा कुर्सी राख्यौँ र त्यहाँ पालै पालो पहरा दिइरह्यौँ ।”

त्यसबेलासम्म उनीहरूले के गर्ने भन्नेबारे योजना बनाएका थिएनन् तर कोठामा छिर्ने बित्तिकै उनीहरूले हरेक कुरा रेकर्ड गरे र त्यहाँ जे देखे ती कुरा इन्स्टाग्राममा पोष्ट गरे ।

“त्यहाँ भित्र छिर्दा रबरका पञ्जाको आवश्यकता महसुस भयो । धन्न कोरोनाभाइरसका कारण हामीसँग जहिले पनि त्यो साथै रहन्थ्यो । नभाल्नीले छोएका हुन सक्ने सबै कुरा हामीले सङ्कलन गर्‍यौँ ।”

होटलका कर्मचारीले त्यतिखेर भने “तपाईँहरूले केही लिएर जाने हो भने त्यसका लागि प्रहरीको अनुमति चाहिन्छ, हामीलाई होटलका निर्देशकले यही आदेश दिएका छन् ।”

होटलका कर्मचारीको त्यस कुरालाई नभाल्नीका सहयोगीहरुले तत्काल नै अस्विकार गरेका थिए । मारिया पेवचिख र उनका सहकर्मीहरूलाई होटलको कोठामा काम लाग्न सक्ने कुरा होला भन्ने थोरै सम्भावना छ भन्ने लागेको थियो। कोठामा जे सङ्कलन गरियो र त्यसलाई गोप्य रूपमा परीक्षणका लागि त्यहाँबाट जसरी बाहिर लगियो त्यसपछिको आशा त झन् “झिनो मात्रै थियो”।

प्रमाण कसरी रुसबाट बाहिरियो?
टम्स्कदेखि ओम्स्कसम्म सीधा उडान छैन । नभाल्नीको विमान ओम्स्कमा सङ्कट परेर मात्र ओरालिएको थियो । पेवचिख भन्छिन्, “हामी नोवोसिबर्क्ससम्म मोटरमा गयौँ र त्यहाँबाट ओम्स्क जहाजमा गयौँ ।”

कोठामा सङ्कलन गरिएका तीन वटा पानीका बोतलसहित सबै चिजहरू ‘रणनीतिक रूपमा’ समूहका सदस्यहरूको सामानहरूको बीचमा राखिएको थियो ता कि कसैले पनि शंका नगरुन् । जब रुसी अधिकारीहरूले कोमामा रहेका विपक्षी नेता र नजिकका पारिवारिक सदस्य तथा सहकर्मीलाई ओम्स्कबाट बर्लिन जान अनुमति दिए उनीपनि त्यही उडानमा थिइन् ।

उनी भन्छिन्, “यदि ती बोतलहरू हामीले टम्स्कबाट बाहिर नल्याएको भए ती त्यहीँ लुप्त हुन्थे र केही पनि हात पर्दैनथ्यो ।” होटल कोठाबाट बाहिर ल्याएर लामो यात्रा मार्फत् बर्लिन पुर्‍याइएका ती बोतलने नभाल्नी टम्स्क विमानस्थल पुग्नु अघि नै विष दिइएको थियो भन्ने कुराको महत्त्वपूर्ण प्रमाण भएको उनको विश्वास छ । तर बोतल विषको प्रमुख स्रोत भने थिएन ।

यो समयभर नभाल्नी कोमामा थिए । जर्मन वैज्ञानिकहरूले नभाल्नीलाई विष दिइएको र त्यो स्नायुमा असर गर्ने नोविचोक थियो भन्नेबारे आफूहरूले ‘अकाट्य प्रमाण’ स्थापित गरेको बताउँछन् । र उनीहरूको ठम्याइलाई स्वीडेन र फ्रान्सका प्रयोगशालाले पनि पुष्टि गरेका छन् ।

तर क्रेमलिन ओम्स्कमा गरिएका परीक्षणमा उनको शरीरमा कुनै विषाक्त बस्तु नपाइएको बताउँछ ।

उनलाई विष दिइएको थियो भन्ने कुरा रुसले पूर्ण रूपमा अस्वीकार गर्दैन । क्रेमलिनका प्रवक्ता दीमित्री पेसकोभ भन्छ्न् जर्मनीले आफूहरूलाई सूचना दिनुपर्छ “तर दूर्भाग्यवस अहिलेसम्म हामीलाई त्यो दिइएको छैन ।”


को हुन एलेक्सी नभाल्नी?
नभाल्नीलाई सरकारका तर्फबाट हुने गरेका भ्रष्टाचारलाई उजागर गर्ने गरेको कारण चर्चा मिलेको हो । उनले पुटिनको यूनाइटेड रुस पार्टीलाई “बदमाश तथा चोरहरुको पार्टी” भन्दै आएका छन् । कैंयन पटक उनलाई जेल चलान समेत गरिसकिएको छ ।

सन् २०११ मा उनलाई पक्राउ गरेर १५ दिनका लागि जेल चलान गरिएको थियो । उनले पुटिनको पार्टीमाथी संसदीय चुनावका क्रममा भोटिङमा धाँधलीको आरोप लगाउँदै विरोध प्रदर्शन पनि गरेका थिए । त्यस कार्यमा समेत उनी पक्राउ परेका थिए ।

जुलाई २०१३ मा समेत केही समयका लागि उनलाई जेल पठाइयो । जसलाई उनले राजनीतिक कारण बताएका थिए । सन् २०१८ मा उनले राष्ट्रपति निर्वाचनमा उम्मेद्दवारीको तयारी गरेका थिए तर धोखाधडीको आरोप लगाउँदै उनको उम्मेद्दवारीमाथी रोक लगाइएको थियो । नभाल्नीले यसलाई पनि राजनीतिक कदम बताएका थिए ।

जुलाई २०१९ मा अनाधिकृत रुपले विरोध प्रदर्शनको आह्वान गरेका कारण उनलाई ३० दिनको जेल सजायमा राखिएको थियो ।

कैंयन पटक हत्याको प्रयास
जुलाई २०१९ मैं जेल बसाई कै क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । त्यस बखत पनि उनलाई विषय दिइएको कोशिशको आशंका गरिएको थियो ।

सन् २०१७ मा उनीमाथी भएको हमलामा एन्टिसेप्टिक डाईको प्रयोग गरिएको थियो । जसका कारण उनको दाहिनो आँखा केमिकलको जलनका कारण प्रभावित हुनपुगेको थियो ।

गत वर्ष उनले थालेको एन्टी करप्शन फाउण्डेशनलाई सरकारले विदेशी एजेन्ट घोषणा गरेको थियो । जसका कारण फाउण्डेशनलाई कडा जाँच प्रक्रिया पार गर्नुपर्ने हुन्छ । अझै त्यो जाँच सक्किसकेको छैन ।


सम्बन्धित विषयमा प्रथम पटक प्रकाशित समाचार विस्तारमा

Published On : 21 August, 2020 12:01 pm

१) पुटिनका कट्टर आलोचक एलेक्स नभाल्नीलाई ‘विष खुवाइयो’: बर्लिन लगेर उपचार गर्न जर्मनको एयर एम्बुलेन्स केही बेरमा पुग्दै
२) अपडेटः नभाल्नीलाई विष खुवाइएको घटनाको अनुसन्धान गर्न जर्मन चान्सलर मार्केलको माग : नभाल्नी अझै ‘कोमा’मैं


Loading comments...