NCB को राडारमा बलीउडका आठ स्टार, लागूऔषध व्यवसायीको फोनमा भेटिएका थिए ति कलाकारहरुको नम्बर


मुम्बई । बलीउडमा लागूऔषधको प्रयोग र गैरकानूनी ब्यापार मुद्दामा जाँच गरीरहेको भारतको ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’को पकड अझै सशक्त रुपमा बलिउड स्टार कलाकारहरुतर्फ कसिंदै जानथालेको छ ।

सुशान्त सिंह राजपूतको कथित आत्महत्यासँगै लागूऔषधको गन्ध पाएको NCB लाई सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही बलिउड स्टारहरुको नाम पोलेकी थिइन्, उनीहरु निरन्तर लागूऔषध व्यवसायीको सम्पर्कमा थिए । यस अन्तर्गत दीपिका पादूकोण, सैफ अली तथा अमृता सिंहकी सुपुत्री सारा अली खान तथा शक्ति कपुरकी सुपुत्री श्रद्धा कपुरसँग गत साता NCB ले लागूऔषध उपभोग तथा प्रोत्साहनसम्बन्धी मुद्दामा घण्टौ बयान लिएको थियो । थप अनुसन्धानका लागि अहिले तिनैजना कलाकारका मोबाइल फोन NCB ले जफत गरि राखेको छ भने थप जानकारीका लागि यही साता फेरी बयान लिनसक्ने स्रोत बताउँछ ।

प्राप्त जानकारी अनुसार, ‘बलिउडमा लागूऔषध प्रयोग तथा व्यवसाय सम्बन्धी मुद्दाको समाधानका लागि दिपिका, सारा तथा श्रद्धा पछि NCB – एनसीबी ले बलीउडका केही अन्य शिर्ष कलाकारहरुलाई बयानका लागि बोलाउने तयारी गरेको छ । बलीउडका त्यस्ता आठ स्टारहरु अहिले एनसीबीको राडारमा रहेका छन् । रिया चक्रवर्तीले पोलेका नामका आधारमा पक्राउ परेका लागूऔषध व्यवसायीको फोनमा ति आठैजना कलाकारहरुको सम्पर्क नम्बर भेटिएका थिए ।’

भारतीय मेडियालाई मान्ने हो भने ती आठ नाममा ३ जना ‘बलीउडका शिर्ष कलाकार’ हुन् जसलाई प्रारम्भिक चरणमा कथित रुपमा नामको अगाडीको अक्षर ‘S’, ‘R’ तथा ‘A’ बाट सुरु हुन्छ भनिएको छ । सुत्रका अनुसार ‘यी ३ सुपरस्टाहरु हुन जसको बारेमा NCB ले सर्वप्रथम बयान लिएका केही कलाकार तथा लागूऔषध व्यवसायीहरुबाट थाहा लागेको थियो । थप अनुसन्धानका लागि अब NCB को अतिरिक्त टोली अहमदाबाद, चेन्नई तथा इन्दौरका लागि रवाना हुने छ ।

बलीउडमा लागूऔषधको प्रयोग तथा व्यवसायको जालो सम्बन्धी अनुसन्धानमा NCB ले तेश्रो चरणको जाँचमा अझै ‘ठूला तथा बढी प्रभावशाली’ नामहरुलाई सार्वजनिक गर्नसक्ने सम्भावना छ ।

दोश्रो चरणमा सुशान्त सिंह राजपूतको मृत्यूको जाँच सम्बन्धी घटनामा लागू औषधको गन्धतर्फ खोतल्दै जादा सुशान्तकी प्रेमिका रियामाथी एफआईआर दर्ता गरी दीपिका, सारा, श्रद्धा तथा रकुल प्रीत सिंहजस्ता अत्याधिक लोकप्रिय कलाकारहरुको नाम सार्वजनिक भएको थियो

यसपछि केही महिला कलाकारहरुको लागूऔषध सम्बन्धमा ह्वाट्सएप – Whatsapp च्याट अगाडी आयो जसमा संलग्नहरुले लागूऔषध सम्बन्धमा केही न केही कुराहरु गरेका थिए । NCB ले यिनै कलाकारहरुसँग बयान लिइसकेपछि उनीहरुको फोन जफत गरि थप प्रमाण जुटाउन लागि परेको छ ।


सुशान्त सिंह राजपूत कथित आत्महत्या सम्बन्धमा पछिल्ला सामाग्रीहरु

१)  सुशान्त सिंह राजपूत कथित आत्महत्या नयाँ मोडतर्फः प्राविधिक रफिक भन्छन् ताल्चा तोडेपछि मलाई ढोका खोल्न दिइएन
२) सुशान्त आत्महत्या प्रकरण अर्कै मोडमा: लागूऔषध मुद्दामा ‘NCB’द्वारा प्रेमिका रिया पक्राउ
३) नशामा धूत बलिउड : ‘लागूऔषध च्याट ग्रुप’मा दीपिका आफै एडमिन, च्याटबारे ‘स्विकारोक्ती’


Loading comments...