यसरी हेर्न सकिनेछ मिस वर्ल्डकाे आजको फाइनल


मंसिर २२, काठमाण्डौ । अाज डिसेम्बर ८ अर्थात मिस वर्ल्डकाे फाइनल विश्नभरकाे नजर चिनमा हुने छ । अन्य देशका नागरीकहरूलाइ जस्तै अाजकाे दिन देश बिदेशमा रहेका सबै नेपालीका लागि पनि उत्सुकता र काैतुहलताकाे दिन हाे । नहाेस पनि कसरी अाफ्नाे देशकाे चेली त्याे ठुलाे मंचमा पुगेर देशलाइ चिनाइरहेकि छन । देशकाे झण्डा फर्फराइ रहेकि हुनेछन । र मिस वर्ल्ड बनेर देशकाे नाम संसारभर चिनाउने सुनाैलाे अवसर छ मसि नेपाल २०१८ शृङ्खला खतिवडालाइ । यदि उनले मिस वर्बिल्देडकाे ताज पहिरिन सफल भइन भने संसारमा हरेक कुनामा रहेका सबै नेपालीहरूमा उत्साह छाउनेछ ।

अर्काे खुसिकाे कुरा त याे पनि छ कि अाफ्नाे ट्यालेन्ट देखाउदै मिस वर्ल्ड बन्ने लाइनमा रहेका केहि सुन्दरीहरू मध्य नेपालकि शृङ्खला खतिवडा पनि मुख्य दाबेदार बनेर उभिएकि छन । यतिबेला नेपालका साेसल मिडिया, पत्रपत्रिका र टेलिभिजनमा मात्र हाेइन संसारका धेरै ठाउमा उनकाे चर्चा भइरहेकाे छ । त्यतिमात्र हाेइन मिस वर्ल्डमा दिइने ५ वटा फास्ट ट्रयाक अन्तरगतकाे अवार्ड मध्य २ हात फार्दै अाफुलाइ सबैकाे माझमा अब्बल सावित गरिसकेकि छन । यसैले पनि शृङ्खलाबाट हेरेक नेपालीले निकै ठुलाे अपेक्षा राखेका छन ।

मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ । विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार दिउँसाे ४ बजेसम्म भाेट गर्न सकिनेछ ।

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । शृङ्खलालाई हौसला प्रदान गर्नका लागि उहाँका बुबा र आमा पनि चीन पुगिसक्नुभएको छ । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् । त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् । ६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला(६–६ पटक) रहेका छन् ।

तथ्याङ्कमा अहिलेसम्मका मिस वर्ल्ड देश उपाधि संख्या वर्ष सन्
भारत ६ पटक: १९६६,१९९४, १९९७, १९९९, २०००, २०१७
भेनेजुएला ६ पटक: १९५५, १९८१, १९८४, १९९१, १९९५, २०११
बेलायत ५ पटकः १९६१, १९६४, १९६५, १९७४, १९८३
दक्षिण अफ्रिका ३ पटकः १९५८, १९७४, २०१४
अमेरिका ३ पटकः १९७३, १९९०, २०१०
आइसल्याण्ड ३ पटकः १९८५, १९८८, २००५
जमैका ३ पटकः १९६३, १९७६, १९९३
स्विडेन ३ पटकः १९५१, १९५२, १९७७
पुर्टो रिको २ पटकः १९७५, २०१६
चीन २ पटकः २००७, २०१२
रुस २ पटकः १९९२, २००८
पेरु २ पटकः १९६७, २००४
अष्ट्रिया २ पटकः १९६९, १९८७
जर्मनी २ पटकः १९५६, १९८०
अर्जेन्टिना २ पटकः १९६०, १९७८
अष्ट्रेलिया २ पटकः १९६८, १९७२
नेदरल्याण्ड्स २ पटकः १९५९, १९६२
स्पेन १ पटकः २०१५
फिलिपिन्स १ पटकः २०१३
जिब्राल्टर १ पटकः २००९
चेक गणतन्त्र १ पटकः २००६
आयरल्याण्ड १ पटकः २००३
टर्की १ पटकः २००२
नाइजेरिया १ पटकः २००१
इजरायल १ पटकः १९९८
ग्रीस १ पटकः १९९६
पोल्याण्ड १ पटकः १९८९
ट्रिनिडाड एण्ड टोबागो १ पटकः १९८६
डोमिनिक गणतन्त्र १ पटकः १९८२
गुआम १ पटकः १९८०
बर्मुडा १ पटकः १९७९
ब्राजिल १ पटकः १९७१
ग्रेनेडा १ पटकः १९७०
फिनल्याण्ड १ पटकः १९५७
इजिप्ट १ पटकः १९५४
फ्रान्स १ पटकः १९५३

YouTube Channel Link : https://www.youtube.com/user/OfficialMissWorld


Loading comments...