Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
sajha party

साझा पार्टी कास्कीको संयोजकमा एकराज न्यौपाने, गण्डकी प्रदेश समितिसमेत बिस्तार, अशोक खड्का र राजन पन्थी मनोनीत

३ कार्तिक २०७७, सोमबार १९:५५


काठमाडौं । साझा पार्टी गण्डकी प्रदेशले कास्कीको संयोजकमा एकराज न्यौपानेलाई चयन गरेको छ। साझा पार्टीको हालै पुनर्गठित केन्द्रीय कार्यसमितिमा कास्कीका संस्थापक संयोजक अर्जुनप्रसाद खनाल केन्द्रीय सदस्यको रूपमा मनोनीत भएपश्चात् खाली रहेको कास्कीको नेतृत्वमा एकराज न्यौपाने आएका हुन्। यसअघि न्यौपाने साझा पार्टी कास्कीका कार्यकारिणी सदस्य थिए।

विगत १ वर्षदेखि साझा पार्टीमा आबद्ध भएका न्यौपाने साझा पार्टीमा जोडिए लगत्तै गत कास्की क्षेत्र नं। २ को उपनिर्वाचनका दौरान साझा पार्टीले उनलाई चुनावी फिल्ड सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो। सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष रहेर उल्लेखनीय सामाजिक कार्य गरेका न्यौपाने पोखराका पुराना पर्यटन व्यवसायीसमेत हुन्।

यसै गरी साझा पार्टी गण्डकी प्रदेशको हालै सम्पन्न बैठकले आफ्नो कार्यसमितिलाई बिस्तार गरेको छ। विस्तारित कार्यसमितिमा पार्टी विधानअनुसार पदेन सदस्यको रूपमा कास्की जिल्ला संयोजक न्यौपानेलाई आवद्ध गरिएको हो भने अन्य दुई सदस्यमा युवा नेता अशोक खड्का र राजन पन्थी छन्। पोखराका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेलेका खड्कालाई साझा पार्टी गण्डकीले प्रदेशको अभियान विभागको प्रमुखसमेत बनाएको छ। अर्का मनोनीत सदस्य पन्थी साझा युवा संगठनको गण्डकी प्रदेशको संयोजक समेत हुन्। गण्डकी प्रदेशमा यी दुई युवाहरूको आबद्धताले युवा केन्द्रित अभियानलाई नयाँ उचाइ दिनेमा साझा पार्टी गण्डकी प्रदेश विश्वस्त छ।

सोमबार साँझ आयोजित पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश संयोजक महेश भण्डारी र कास्कीका संस्थापक संयोजक तथा नवमनोनीत केन्द्रीय सदस्य अर्जुनप्रसाद खनालले कास्की संयोजक न्यौपानेलाई माटोको टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै संयोजक न्यौपानेले कास्कीका ४ गाउँपालिका र प्रत्येक वडामा नेतृत्व तयार गर्ने योजना सुनाए। कार्यक्रममा गण्डकी प्रदेशको सिफारिसमा हालै पार्टीको केन्द्रीय कार्यसमितिमा आबद्ध हुनुभएका दीपक पौडेल, सरोज गौतमलगायतका नेताहरूलाई बधाई तथा शुभकामना दिइएको थियो। बडादसैँको छेकोमा आयोजित सो कार्यक्रममा केन्द्रीय सदस्य रजनी केसी र पोखरा महानगर संयोजक मनकाजी गुरुङ लगायतका नेताहरूले शुभकामना तथा बधाई सन्देश दिएका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ