Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ

२० कार्तिक २०७७, बिहीबार १७:३७

लोकप्रिय

काठमाडौं । टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका(३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई