यिनै हुन प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनि गर्ने व्यक्तिहरू


मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १०(दश) वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाण्डौबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजु पुगेको सवारी साधन अगजनी गरी पूर्ण क्षति भएको थियो ।

क्षति भएको सवारी साधन:
• बा २ झ १४४ नम्बरको स्करपियो गाडी
• बा १ झ ७२२४ नम्बरको माज्दा गाडी।

गाडी भित्र रहेको मोटोरेला वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगा फोन थान-१ लगाएतका जिन्सि सामनहरू पूर्ण रुपमा जलि नष्ट भएको र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी भित्र रहेको हाईटेरा वेस सेट थान-१, फायर स्ट्रिङ्गुईजर थान-१, मेगाफोन थान-१ समेत जली पूर्ण रुपमा नष्ट भएको थियो। माछापोखरी प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी गर्दा सो विट र विट भित्र रहेको हाईटेरा ह्याण्ड सेट चार्जर थान-२, ऐ.ऐ.को व्याट्रि थान-२ पूर्ण रुपले जली नष्ट पुगेको, ऐ.ऐ. स्थानमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गर्दा उक्त ट्राफिक आईल्याण्ड र ऐ.ऐ स्थानमा रहेको नेपाल टेलिकमको Trailer machine र 144 Core fiber Cable 3370 mtr. समेत पूर्ण रुपमा जली नष्ट भएको थियो ।

उक्त वारदातमा संलग्न हुने व्यक्तिहरूको विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा मिति २०७९।११।०२ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ बालाजु माछापोखरी स्थितमा निम्न व्यक्तिहरूलाई कानून बमोजिम पक्राउ गरीएको छ ।

नियन्त्रणमा लिईएका व्यक्तिहरूको नामथर, वतनः
१. जिल्ला उदयपुर बलमता गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.१०, मनमैजु वस्ने पर्शुराम राईको छोरा वर्ष ४० को बिक्रम राई ।
२. जिल्ला नुवाकोट पञ्चकन्या गा.पा.वडा नं.०३ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं.०३ बानियाटार वस्ने कुल बहादुर भण्डारीको छोरा वर्ष ३० को रामहरी भण्डारी ।
३. जिल्ला लमजुङ वेशीशहर न.पा.वडा नं.०५ घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालिका वडा नं.१० वस्ने दिपेन श्रेष्ठ छोरा वर्ष २३ को विवेक श्रेष्ठ ।
४. जिल्ला काभ्रेपलान्चोक मानेडाडाँ गा.पा.घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ रत्न बहादुर तामाङ छोरा वर्ष ३१ को राजेश तामाङ ।
५. जिल्ला प्युठान कडी गा.पा.वडा नं.०१ घर भई हाल काठमाण्डौ जिल्ला गोंगवु वस्ने सुरज पुन मगरको छोरा वर्ष १८ को दिपेन्द्र पुन मगर ।
६. जिल्ला काभ्रेपलान्चोक भुम्लु गा.पा.वडा नं.०२ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ गंगाहल वस्ने गकुल खड्काको छोरा वर्ष २० को आशिष खड्का ।

नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित काठमाडौ जिल्ला अदालतवाट दिन ३ म्याद थप गरि अनुसन्धान भईरहेको छ भने वारदातमा संलग्न संदिग्ध अन्य ९/१० जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भईरहेको छ।


Loading comments...