कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति पक्राउ


काठमाडौं । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त झापा मेचीनगर नगरपालिका(७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उक्त घटना पश्चात गिरी केही समय विदेश समेत बसी पुनस् नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको उक्त महाशाखाले जनाएको छ ।


Loading comments...