पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ


काठमाडौं । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना।५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका(७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका उनलाई अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौं महानगरपालिका-३१ पेप्सीकोलाबाट उक्त बस सहित सुनिललाई पक्राउ गरेको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी उपर सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।


Loading comments...