प्रहरी हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिने समूह पक्राउ


काठमाण्डौ । काठमाण्डौ महानगरपालिका बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर भई काठमाडौं वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षीय तुल बहादुर मगर र नवलपरासी कावासोती नगरपालिका-१२ पिठौली घर भई काठमाडौं स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् । धाक धम्की दिँदै रकम माग गरी दु:ख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको उक्त महाशाखाले जनाएको छ ।


Loading comments...