Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२६ कार्तिक २०७७, बुधबार २२:०५

कास्की – पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्द लाल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीलाई गत शनिबार ढुंगा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले तनहुँ आबुखैरेनी नगरपालिका-२ मार्क्यु सडकमा रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा फेला पारी पक्राउ गरेको हो ।

२०७७ असोजको पहिलो हप्तामा श्रेष्ठ रिक्सा सहित पोखरा आई विभिन्न स्थानमा कवाडी संकलन गरी बेच्ने काम गर्ने क्रममा गत शनिबार सोही पार्कमा चौधरीसँग भेट भएको थियो । सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्गाले हिर्काउँदा गम्भीर घाईते भएका चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

श्रेष्ठ उपर कर्तव्य ज्यान मुद्दामा मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय