Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
hair dandruff

जाडो मौसममा चाया पर्ने कारण र समाधानका उपायहरु

१५ पुष २०७५, आईतवार १३:०५


जाडो महिना सुरु भएको केहि समय मात्र भयो । चिसो मौसममा हाम्रो स्वास्थ्यको विशेष ख्याल राक्नु पर्दछ । जाडो मौसममा छाला जन्य समस्याहरु आइपर्दछन । हामी जाडो मौसममा चायाँ किन पर्दछ र यसबाट कसरी छुटकारा पाउने भनेर केहि टिप्सहरु यस्ता छन ।

हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सब क्युटेनियस टिस्यु गरी तीन तह हुन्छन् । इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रंग दिने काम गर्छ । छालामा चायाँ–पोतो तथा दाग–धब्बाहरू पनि यही मेलानोसाइडका कारण आउँछन् । छालामा चायाँ–पोतो आउनुमा वंशानुगत हार्मोन तथा घामको विकिरण (अल्ट्रा–भ्वाइलेट रे) को मुख्य भूमिका हुन्छ । यो समस्याको समाधानका लागि डाक्टरी उपचारका साथै बिहान १० देखि २ बजेसम्मको घामबाट जोगिने, सनस्क्रिन लगाउने, छाता बोक्ने, ह्याट लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ ।

चाया पर्ने कारण – सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

बच्ने उपाय – सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ । भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान