निशा पाठक भईन यसपालिको मिस इन्टरकन्टिनेन्टल


काठमाडाैं । निशा पाठक मिस इन्टरकन्टिनेन्टल नेपाल २०२० मनोनयन भएकी छिन् । उनले भारतको राजधानी दिल्लीमा हुन लागेको मिस इन्टरकन्टिनेन्टल २०२०को लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । पाठकलाई मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ बर्षा शर्माले पवि ज्वेलर्सद्वारा निर्मित ताज पहिराईदिएकी हुन् ।

मिस इन्टरकन्टिनेन्टल एक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मात्र नभई सबै महादेशका महिलाहरूको लागि विश्वव्यापी प्लेटफर्म पनि हो । मिस इन्टरकन्टिनेन्टल नेपाल २०२०को मुकुट समारोह अर्थात व्राउनिङ सेरेमोनी यही मंसीर ८ गतेको दिन काठमाडौंमा सम्पन्न भएको हो । यस भन्दा अघी निशा पाठकले मिस ग्रान्ड नेपाल २०१९ को उपाधि हात पारी भेनेजुएलामा आयोजित भएको मिस ग्रान्ड २०१९ मा नेपालको प्रतिनिधित्व गरेकी थिन भने र मिस नेपाल २०१९ मा टप चौधमा आफ्नो स्थान बनाई मिस कन्फिदेन्त्को उपाधि पनि जितेकी थिन् । अहिले उनी एनटीभीले प्रस्तुत गरेको “नेपाल स्टार” म्यूजिकल रियालिटी सोको उदघोषक पनि हुन् ।

नभयता मिडिया प्रा.लि. द्वारा संचालित मुकुट समारोहको सन्चो मुख्य प्रायोजक र नेबिको प्रा.लि. लिमिटेड पार्वड बाई थिए । सनिमा जनरल इन्स्योरेन्स, निहाल बचत र ऋण सहकारी लिमिटेड, सुरी टेक्नोलोजी, पोलिगन बाइक्स, डि. एस. कलेक्सनको संयुक्त लगानीमा आयोजना भएको थियो । यस कार्यक्रममा रियाज म्युजीक – व्रिmयेतिभ पार्टनर, जेनेक्स – फिटनेस पार्टनर र ट्वान्टी फोर क्यारेट् – बेभेरेज पार्टनर थिए । मनीष राई, तेन्जिन छेतेन भूटिया, प्रीयंका पुरी डिजाइनर थिए भने अलिशा गुरुङ कार्यक्रमको मेअप आर्टिस्ट थिए ।

मिस इंटरकन्टिनेन्टल नेपाल २०२० दोस्रो संस्करण हो, यस अघि २०१७मा वर्षा शर्माले इजिप्टमा आयोजना भएको मिस इन्टरकन्टिनेन्टलको २०१७ मा नेपालको प्रतिनिधित्व गरेकी थिन् । सन् १९७१ बाट सुरु भएको यो प्रतियोगीता यसपाली ४९ औं वर्षमा प्रबेश गरेको छ । ४८ औं संस्करणको मिस इन्टरकन्टिनेन्टल २०१९ को ताज हंगेरीको फन्नी मिकोले हात पारेकी थिइन् । सहभागी देशहरू बीच सांस्कृतिक आदानप्रदानको गराउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।


Loading comments...