
जेसनको काठमाडौं सफा गर्ने अधुरो सोच
२४ मंसिर २०७५, सोमबार १६:५५
आज काठमाडौंमा फोहोरले जताततै दुर्गन्धित बनाएको छ यसको मुख्य कारण फोहोर ब्यबस्थापनमा ध्यान दिन नसक्नु । सरकारले केहि हद सम्म फोहोर ब्यबस्थापनको काम गरेतापनी व्यक्तिगत तबरबाट कम नै भएको छ र भएको पनि बन्द नै भइसकेका छन । यस्तै आज हामी काठमाडौंबाट मासिक साढे तिनलाख क्विन्टल प्लास्टिक जन्य फोहोर ब्यबस्थापन गर्ने जेसन बैद्यको भोगाईहरु प्रस्तुत गर्दै छौ ।
हामीले प्रयोग गर्ने प्लास्टिकलाइ तत्कालै प्रयोग गरि फाल्ने र पछी सम्म प्रयोग गर्ने प्लास्टिकका सामानहरु गरि दुइ किसिममा बिभाजन गर्न सकिन्छ । लामो समय सम्म प्रयोग हुने प्लास्टिकमा भाडाहरु पर्दछन भने छिट्टै फाल्नेमा पोलिथिनका प्लास्टिक पर्छन् । पोलिथिन प्लास्टिक नै हो जसले काठमाडौंको यो गति बनाएको छ । यीनै पोलिथिन र सामान प्याकिङ गर्ने प्लास्टिक नै वातावरण प्रदूषणको मुख्य कारण हुन् । यीनै फोहोर रिसाइकलको काम सुरु गरेका थिए जेसन बैद्यले ।
करिव १० बर्ष नेपाल भन्दा बाहिर पढी स्वदेशमा नै केहि गर्छु भनी उर्जा लिएर आएका जेसनले काठमाडौंको फोहोर ब्यबस्थापनको लागी आफ्नो तन, मन र धन लगाए । उनलाई आफ्नो पुर्खौली र आफैले पढेको विषय डाक्टरी पेशा छाडेर फोहर ब्यबस्थाको काम सुरु गर्ने कुरा त्यति सहज भने थिएन ।
सोच त बनाए तर भनाइ नै छ “नेपालको कानुन देवले जानुन” जेसनले काम सुरु गरे देखि नै कानुनी अड्चनमा फसे । उतिबेला पनि भ्यालीमा कुनै पनि फ्याक्ट्री संचालन गर्न नपाइने कानुन थियो । त्यसैले उनि काठमाडौंबाट चितवनको टाडी सम्म पुगेर र सन् १९९४ को डिसेम्बरबाट फोहोरकोबाट समान बनाउने काम सुरु गरे ।
जेसनले काठमाडौको बाटोबाट मासिक साढेतिन लाख किलो प्लास्टिकजन्य फोहोर उठाएर टाडी सम्म पुग्थ्यो । काठमाडौंमा संकलित फोहोरमा प्लास्टिकमात्र हैन अन्य फोहोर पनि हुन्थ्यो जसलाई छुट्याउन मात्रै एक सय पैतिस भन्दा धेरै मानिसको काम हुन्थ्यो ।
काठमाडौंको गल्लि गल्लिमा फालीएको फोहोरबाट गाउघरमा प्रयोग हुने घुम बनाउन, ढलानमा छाप्न लागी प्रयोग गर्न मात्र हैन पाइप समेत बन्थ्यो । जसकारण बार्षिक चार पाच करोड भन्दा बढी नेपाली पैसा बाहिर जानबाट जोगीएको थियो । भने फोहोर बाटोबाट संकलन गर्ने देखि सामान उत्पादन हुने बेला सम्म तिन हजारभन्दा मानिसले प्रतक्ष्य रुपमा रोजगारी प्राप्त गरेको ज्यासनले बताए ।
काठमाडौंबाट ट्रकका ट्रक फोहोर संकलन गरी सञ्चालित यस उद्योग आज बन्द छ । देशमा परिवर्तन ल्याउछौ भनेर हतियार बोकेर जंगल पसेकाहरुले व्यवसायवाट देशको परिवर्तन खोज्न उनले देखेको सपनालाई पुरा गर्न दिएन्न । उनको फ्याक्ट्रीलाइ हतियारको गोदाम बनाए अझ शान्ति सम्झौता पछी शक्तिखोरमा क्यान्टनमेनमा आवस्यक पर्ने सबै सामाग्री उनकै फ्याक्ट्रीबाट उठाइयो । सरकारले लगाएको करले झन जटिल अवस्था सिर्जना गर्यो । उतिबेलाको बढ्दो लोडसेडिङ र देशमा भएको गृहयुद्दको कारण २००८ बाट काठमाडौंको फोहोर ब्यबस्थापनको लागी उनको व्यक्तिगत प्रयास बन्द भयो, फोहोरमा देखेको उनको सफा सपनालाई निरन्तरता दिन असर्मथ भए । सन् १९९४ मा Enviroplast Nepal Pvt.Ltd स्थापना हुदा साउथ एसियाको सबै भन्दा ठूलो प्लास्टिक रिसाइकल कम्पनी थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग