Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार
manoj

लेख्दै जाने मनोज

२५ मंसिर २०७५, मंगलवार १७:४६

लोकप्रिय

संसारमा हरेक मान्छे फरक छन् । भनिन्छ नि फरक फरक सोच, फरक बिचार, फरक आवाज, फरक पहिचान अनि फरक सपना । संसार यसकारण पनि रमाइलो छ कि यहाँ फरक कुराहरु अनि बिभिदता छ । बिभिदता अनि समानता बिचको यो जीवन उत्सवमा आज यहाँहरुलाई लाइभमाण्डु डट कम मा स्वागत गर्न चाह्यौं ।
एउटा समय थियो जब हातले लेखिएका अक्षरहरुको बहुतै चर्चा परिचर्चा गरिन्थ्यो । पढाई अनि बिधाआर्जनको गुणस्तरको प्रारम्भिक मापदण्ड नै ह्याण्डराइटिगं अर्थात हस्तलिखित अक्षर नै हुने गर्दथ्यो । अझै पनि अक्षराम्भ गराइसकेपछि मुख्य रुपमा सिकाइने कुरा भनेंकै अक्षर अनि लेखाइको चिटिक्कपना नै हो ।

ए तेरो ह्याण्डराइटिगं कस्तो छ ? फलानाको कत्ति राम्रो अनि फलानाको कागले छेरेको जस्तो भन्ने बिशेषणहरु बिधालय अनि कार्यालयहरुमा बहुतै चर्चा गरिन्थ्यो । यस्तै अक्षरहरुको मुल्याकंनमा कति धेरैले प्रशंसा अनि कति धेरै ले गालीगलौज समेत सहज गर्नुपरेको थियो । कुरा जे सुकै होस् अक्षर लेख्न सक्ने संभावना अनि सीपलाई हामीसबैले आत्मसाथ गरेकै हौं ।

बैतडीमा जन्मिएका मनोज चन्दलाई आजको यो कुराकानीको परिवेशमा ल्याउन चाह्यौं । स्कुले जीवनमा देब्रे हातले लेख्ने भएका कारणले मनोजलाई केही जिस्क्याउने अनि गिज्याउने गरिन्थ्यो । इखालु मनोजको मनमा यो कुराको ईख यति मज्जाले बस्यो कि यिनले त्यसै समयबाट दाहिने हातले पनि देब्रे झैं राम्रो गरि लेख्न सिके । सुस्तरि लेखन सीपमा यिनको मन यति बस्यो कि आज मनोज चन्द देशबिदेशमा आफ्नो लेखन सीप कै कारणले चर्चित छन् ।यिनले दुबै हातले एकैफेर लेख्न सक्ने मात्र हैन एउटा हातले सुल्टो अक्षर र त्यही समयमा अर्को हातले उल्टो अक्षर पनि लेखिदिन्छन् । कुम अनि मुखले पनि उत्तिकै गज्जबले लेखिदिने मनोजको यो सीप आज धेरैका लागि प्रेरणाको श्रोत बनेको छ ।हेलेन केलरका अक्षरहरु देखि झमक कुमारीका बिचारहरु सम्म हामीले सराहना गरेर पढेका छौंं हैन र ? हरेक मान्छेका लागि सहजता उस्तै हुँदैन तर बिषम परिस्थितीमा पनि लेखन गर्न सक्ने सीपको बिकास गरेर अमुल्य भावहरु लेखिदिने साहित्यकार अनि लेखकका कारणले पनि अक्षरका जादु बिश्वमा बढ्दो छ । मनोजले केहि यस्तै सन्देश बोकेर देशबिदेशको दौडाहा गर्दछन् ।
लेखन सीप कसैको पेवा हैन अनि लेखन यसै गरि अनि यसै हातले लेखिनु पर्दछ भन्ने पुरातनवादी सोचलाई चिर्दै मनोजले अपांगता भएका मान्छेलाई पनि लेखनका माध्यमबाट अभिब्यक्त गर्न उत्प्ररेणा दिदै आएका छन् ।मनोज लाई यसअर्थमा उत्प्रेरक अनि सकारात्मक सन्देश बाहक पनि मान्न सकिन्छ । १८ भन्दा बढि देश घुमेर आफ्नो सीप प्रदर्शन गरिसकेका मनोज अब अर्को साता दुबई लगायत देशको निम्तो मान्न जानलाई तयार छन ।ब्यबसाहीक रुपमा मनोज अध्यापन गराउने गर्दछन अनि यसका अलावाका समयमा आफ्नो सीप अनि प्रर्दशन गर्ने गर्दछन् । आफनो नाँउमा मनोज चन्द फाउण्डेशन खालेर देशबिदेश जाँदा कमाएका रकम भेला पारि दुर्गम ठाँउका बिधालयलाई सहयोग पनि गर्ने गर्दछन यिनी ।

लेखन मात्र नभई उनका प्रस्तुतिले आत्मबिश्वास अनि आत्मसम्मानको उजागर गर्दछ किनभनें उनी हरेकलाई अभिब्यक्तिका सीपहरु पनि सिकाउने गर्दछन । दाहिनेले नमिले देब्रे हातले अनि त्यसले नि नमिले कुम ले या मुख ले सम्म पनि लेख्न सकिन्छ भन्ने उन्को सन्देश रहेको पाइन्छ । अपांगताका क्षेत्रमा सशक्तिकरण अत्यन्त जरुरी कुरा हो अनि मनोजले लेखन अनि अभिब्यक्तिका आधारमा सशक्तिकरण गर्ने गर्दछन् ।मनोजलाई भेट्ने जोकोहीले पनि अक्षर अनि लेखाई संग मान्छेको सम्बन्धको एउटा नयाँ आयाम जान्ने मौका पाँउदछ । मनोजलाई लाइभमाडौंमा ल्याएर प्रस्तुत गर्न पाँउदा हामी पनि धेरै खुशी छौं । हामी त उनलाई यहि भन्छौं, लेख्दै जाउ मनोज ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई