एप्पल संस्थापक स्टिभ जब्सकी छोरी मोडलिङमा, फोटोमा हेर्नुहोस् मोडल इभ जब्सलाई


काठमाडौं। एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सले मोडलिङमा प्रवेश गरेकी छिन् । उनले हालै एक सौन्दर्य अभियानको लागि बाथटबमा पोज दिएकी छिन् । उनले यी तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । २२ वर्षकी इभ यो फोटोशुटमा सुनको गहनामा देखिएकी छिन् । उनले ग्लेसियर प्लेफुल होलिडे सौन्दर्य अभियानबाट मोडलिङमा डेब्यू गरेको डेलीमेलको रिपोर्टमा जनाइएको छ । उनको इन्स्टाग्राममा डेढ लाखभन्दा धेरै फलोअर छन् ।

स्टिभ जब्सकी छोरी भएर पनि स्पटलाइटबाट टाढै रहेकी इभले पछिल्ला केही वर्षमा भने घोडसवारीबाट चर्चा पाएकी थिइन् । हर्स स्पोर्टका अनुसार उनी २५ वर्षभन्दा कम उमेर समूहमा विश्वका शीर्ष ५ घोडसवारमध्येकी एक हुन् । स्टेनफोर्ड युनिभर्सिटीप्मा अध्ययन गरिरहेकी इभ २०२१ मा ग्रयाजुएट हुँदैछिन् । इभका मातापिताको भेट पनि यही कलेजमा १९८९ मा भएको थियो । त्यतिबेला स्टिभले स्टेनफोर्ड ग्रयाजुएट स्कुल अफ बिजनेसमा निकै लोकप्रिय लेक्चर दिएका थिए ।

 


Loading comments...