Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
Amala

यस्ता छन अमलाको फाइदाहरु

१५ पुष २०७५, आईतवार १०:०५

लोकप्रिय

अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं । अमलाको चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्याउँछ ।

  • महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो हुँदा ३ देखि ५ ग्राम चूर्णलाई एक चिया चम्चा महमा मिलाएर खाँदा यो समस्या केही मात्रामा कम हुन्छ ।
  • यो समस्या कसै कसैलाई धेरै हुने गर्छ । त्यतिबेला पेट पनि दुख्ने हुन्छ । त्यो बेला २ चम्चा अमलाको चूर्ण २ चम्चा मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहानबेलुकी ३÷३ ग्राम पानीमा सेवन गर्दा समस्यामा केही कमी
  • ३ देखि ५ ग्राम अमलाको चूर्णमा आधा चम्चा शुद्ध घ्यू र १० ग्राम मिश्रीको धुलोमा मिसाएर खाने गरेमा ग्यास्ट्रिक या पित्तको कारणले दुःखेको टाउको ठीक
  • कब्जियत भएको बेलामा पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि अमलाको चूर्ण मिश्रीको धुलोमा मिसाएर राति सुत्नुभन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जियत हुनबाट
  • अमलाको चूर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि  देखिन्छ ।
  • काचो वा सुकेको अमलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा लगाउने गरेमा कपाल कालो, चम्किलो र बलियो हुनुको साथै कपाल फुल्ने समस्या पनि
  • अहिले अमलाको सिजन छ अमलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य, कपाल र अनुहारको छालालाई पनि राम्रो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान