
नेपालगञ्जबाट गिरफ्तार चन्दलाई रिहाइ गर्न कांग्रेसको माग
१७ पुष २०७७, शुक्रबार ०८:०६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौँ ल्याएको घटनाप्रति विरोध जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर चन्दलाई तत्काल रिहाइ गर्न पनि माग गरेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ निवासी चन्दलाई पुस १४ गते राति गोर्खाज फाइनान्सको कार्यालयमा डिउटीमा रहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो । चन्दलाई गत बैशाखमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा ओली समूहका नेता महेश बस्नेतको सांसद अपहरणसम्बन्धी घटनासम्बन्धमा सामाजिक सञ्जल फेसबुकमा लेखेकै आधारमा पक्राउ गरेर काठमाडौं ल्याइएको हाे । उक्त घटनाप्रति कांग्रेसले विरोध जनाएकाे हो ।
‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ । तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो ।’
गोर्खाज फाइनान्समा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका चन्दलाई सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा