Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

कतारबाट के भन्छन त हाम्रा फाइनलिस्टहरु ?

२७ मंसिर २०७५, बिहीबार १७:२५

लोकप्रिय

द भ्वाइस अफ नेपालको फाइनल भोली कतारमा हुँदैछ । संभवत नेपाल बाहिर भएका कार्यक्रमहरुमा सबैभन्दा धेरै नेपालीहरुको चासो अनि उपस्थिति सर्वाधिक रहेको नेपालीका थोरै मात्र कार्यक्रममा द भ्वाइस अफ नेपालको फाइलन पनि पर्दछ । लाखौंका सख्याँमा दर्शकहरु अनि सैयौंको संख्यामा गैरआवासिय नेपालीहरुको उत्साहजनक उपस्थिती हुने यस कार्यक्रम अहिले सर्वत्र चर्चाको बिषय बनेको छ ।
द भ्वाइस अफ नेपालको भोलीको फाइनलमा ट्यालेन्ट मात्र नभई कोचहरुको पनि टिमको भिडन्त पर्दैछ । को द भ्वाइस अफ नेपाल हुन्छ मात्र नभई कुन कोचको समुहबाट नेपालको प्रथम द भ्वाइस अफ नेपाल छानिदैछ भन्ने कुरा पनि उत्तिकै चाख अनि रोचक बिषय बन्न गएको छ । ४ जना कोचहरुको समुहमा कोच अभयाको समुहबाट कुशल आचार्य, कोच दिपको समुहबाट सिडि बिजय अधिकारी, कोच सनुपबाट सप्तक दुतराज अनि कोच प्रमोदबाट सृजय थपलीया छनौट भएका छन् ।
अहिले द भ्वाइस अफ नेपालका सम्पूर्ण क्रु सदस्यहरु, प्रस्तोता सुशिल र ओसीन, ४ जनै कोचहरु लगायत अन्य केही बिशेष अतिथीहरु कतार पुगिसकेका छन् ।
कतारको दोहामा अहिले रौनक छ र बिशेष कुरा के भनें त्यो रौनक नेपालीपना को रौनक हो । नेपाल बाहिरका नेपालीलाई एकजुट गर्दै द भ्वाइसले एउटा महत्वाकांक्षी फाइनल कार्यक्रम गर्दैछ ।
कतार पुगेपछि ४ जनै फाइनलीस्टहरुले के के गर्दैछन् अनि हाम्रा समर्थकको साथ अनि भोटका लागि के कस्ता भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गरेका छन् त भन्ने बिषयमा लाइभमाण्डुले एउटा रिपोर्ट तयार गरेको छ ।
कुशल आचार्यले फेसबुकमा टिम अभयाका बिवेक लामा, अनु शाक्य लगायतसंग स्वयम कोच अभयासहितको भिडियो कतार पुगेपछि अपलोड गरेका छन् । उक्त भिडियो नेपालमै छायाकंन गरिएको हो वा त्यही नै भन्ने बिषयमा केही खुलाइएको छैन् । कुशलको उक्त भिडियो यसप्रकार छ।

त्यस्तै हामीले सिडि बिजय असिकारीको पनि सोसीयल साइट पछ्याएर हेर्यौं । कतार पुगेपछि उन्ले भोटका लागि एउटा फेसबुक लाइभ गरेका रहेछन् । बिजयको फ्यान फलोइगं दिनानुदिन बढेको पाइन्छ अनि उनले आफ्ना समर्थकलाई आफूलाई भोट गर्न पनि भिडियोमा आग्रह गरेका छन् ।  यस भिडियोमा तेजेन्द्र गन्दर्व पनि छन् |

त्यस्तै सृजय थपलीयाको पजमा भनें भिडियो पाइएन तथापी बिराटनगरमा लोपप्रीय ओबी मिडियाले उनको बाल्यकालको बिषयमा गरेको भिडियो र परिवारसंगको कुराकानीका दृश्यहरु हामी यहाँ प्रस्तुत गर्दैछौं ।

चारैजना फाइनलीस्टहरुको कतारमा प्रस्तोता सुशील नेपालले गरेका फेसबुक लाइभ द भ्वाइसको पेज लगायत सप्तकले पनि शेयर गरेको पाइयो ।

अब भोलीको दिन निर्णायक रहन्छ किनभनें भोली बेलुकी नेपाली समय अनुसार १० बजेपछि नेपालले प्रत्यक्ष द भ्वाइस अफ नेपालको फाइनल हेर्नेछ अनि नेपालले पाउनेछ आफ्नो प्रथम द भ्वाइस अफ नेपाल ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा