हाम्रा ५ गल्तीहरु जसले हाम्रो स्वास्थमा असर गर्दछ


स्वास्थ नै सम्पती हो अनि मानव जीवनको हरेक खुशी अनि हाँसो सुस्वास्थ बिना अपुरो हुन्छ । त्यसो हुँदाहुँदै पनि हामीले दैनिक जीवनमा गरेका सामान्य गल्तीहरुले हाम्रो स्वास्थमा दिर्घकालिन असर गरिरहेको हुन्छ । सुन्दा सामान्य लाग्ने यि गल्तीहरुलाई समयमै सुधार गर्न सके हामीहरुको जीवनमा दिर्घरोग नलाग्ने अनि जीवनमा आरोग्य कायम रहने हुन्छ । तल उल्लेखित सम्पूर्ण तथ्यहरु मायोक्लीनीक नामक बिश्व प्रसिद्ध साइट अनि तिनले गरेका अध्ययन र अनुसन्धानबाट प्राप्त तथ्यहरुको नेपाली रुपान्तरण हो ।
आउनुहोस् आज छलफल गरौ, हामीले दैनिक जिवनमा गरिरहेका ५ वटा गल्ती जसलाई सुधारेमा हामी धेरै हदसम्म स्वस्थ्य बन्न सक्दछौ ।

गल्ती नंबर १: 
अबेरसम्म सुत्ने
आजभोली हामीमध्य धेरैलाई राती अबेरसम्म निन्द्रा नलाग्ने र झन मोबाइलको प्रयोगले अबेरसम्म च्याट गर्ने या भिडियो हेर्ने चलन बढेको छ । राती समयमा नसुत्ने अनि बिहान अबेरसम्म सुत्ने बानी धेरै नराम्रो हो । बिहान अबेर उठ्नेलाई दिनभरि एकप्रकारको तनाब रहिरहने हुन्छ र यसका साथै दिनभरिको कार्य समय नै छोटो हुने हुन्छ । प्रातकालमा उठेर सूर्य नमस्कार गर्ने पानी चढाउने सनातन सस्कारको मुख्य क्रियामा पर्दछ । यसो गर्नाले मान्छे प्रकृतिसंग निकट रहने, दिनभरि स्फूर्त रहने अनि तनाब कम हुने हुन्छ । यसरी बिहान छिटो उठ्ने, ब्यायाम गर्ने या हिँड्ने, पूजाअर्चना गर्ने गर्दाखेरि मान्छेमा कान्ती छाउने अनि मधुमेह, रक्तचाप जस्ता अहिलेका ब्यापक रोगहरु लाग्ने संभावना निकै कम हुने बताइन्छ ।

गल्ती नंबर २
पानी कम पिउने
कोल्ड ड्रिकं लगायत अन्य प्रशोधित पेय पदार्थको बढ्दो चलन भएको आजको बिश्वमा मान्छेहरुको पानी पिउने मात्रा घट्दै गएको अध्ययनहरुले बताँउदछ । शरीरमा जम्मा भएका बिशाक्तहरु पानीले पखाल्ने हुनाले समयसमयमा प्रशस्त पानी पिउनु जरुरी रहन्छ । पानीको मात्रा शरीरमा प्रशस्त भएमा पाचन प्रणाली पनि राम्रो रहने हुन्छ । स्वच्छ पानीको समयसमयमा सेवन गर्नाले तनाव पनि कम हुने बताइन्छ । पानी जति सक्दो धेरै पिउन गरेमा पनि शरीरलाई अत्यन्त फाइदा छ । अब यो पानी पिउने कुरा त अत्यन्त सामान्य कुरा हो, यति कुरामात्र नियमित गर्नाले दिर्घकालसम्म स्वस्थ भइन्छ भने किन नगर्ने, कि कसो ?

गल्ती नं ३
एकैपटकमा धेरै काम गर्न खोज्नु मल्टीटास्कीगं
एउटा हातमा मोबाइल, अगाडि कम्प्युटर अनि डेडलाइन उतापटि घरको तनाव अनि पढाईको प्रेसर । यता समबन्धको कुरा लगायत आजको मानिसको जीवनको परिवेश बढेर गएको पाइन्छ । सबैलाई हतार छ अनि सबैजना दौडमा छन् र यहि अस्वस्थ दौडले हाम्रो शरीर अनि स्वास्थलाई बिगारिरहेको छ है ।
स्मरण रहोस् संसारका केवल २ प्रतिशत जनसख्याँले मात्र मल्टीटास्कीगं राम्ररी गर्न सक्दछन् । दिमागलाई खुल्ला र खाली राखेर एक समयमा एकैवटा मात्र कार्यमा केन्द्रित भई गरेमा हामी तनाव मुक्त हुन्छौ र साथै हाम्रो उत्पादकत्वमा पनि वृद्धी हुन्छ । यसका लागि दैनिक योगा गर्ने, ध्यान गर्ने, मनोरञ्जनका कुरालाई पनि महत्वमा राख्ने अनि कान्तीपूर्ण जीवनशैली अबलम्बन गर्न जरुरी छ ।

गल्ती नं ४
आफ्ना लागि समय नराख्ने
जीवनको दौडधुपमा हामी यति ब्यस्त छौं कि आफूलाई दिनुपर्ने आफ्नो समय नै बिर्सन पुग्छौ । मानिस कुनै यन्त्र या रोवोट हैन् , मानिस अझै पनि त्यही सामाजिक प्राणी हो जो ब्यक्तिगत र सामाजिक परिवेश विच वाँच्दछ । समाज र ब्यक्ति उसकालागी उत्तिनै महत्वपूर्ण छ । हामीले आफ्नो ब्यक्तिगत सोच, योजना अनि विचारकालागी पनि केही एकान्त समय बिताउन जरुरी छ, आफू के गर्दा खुशी हुन्छु ? भोलीको दिनमा कसरी आफूलाई प्रस्तुत गर्ने अनि आफूमा आएका राम्रो परिवर्तनहरु मुल्याकंन गर्दै उत्साहीत र प्रेरित भएर अघि वढ्न ब्यक्तिगत समय जरुरी छ है ।

गल्ती नं ५
अनियमित मात्राको खाने बानी
नेपालीहरुको राष्ट्रिय रोग ग्याष्ट्रिक भनेर त धेरैले भनेको सुनेको हामीले देखेका नै छौं र यो किनभनें हामी नेपालीहरु एउटा कुराकालागी अत्यन्त ज्ञानी छौ र त्यो हो, भोकै बस्न् । अनि जब भोकैपनावाट केही खाना खाने मौका पाँउछौ तब हामी शिकारीले जस्तो हतार हतार फेरि पाउला या नपाउला भनेर खाईदिन्छौ । यो बानी अत्यन्त गलत हो है, समय समयमा खाने अनि कम्तीम एकपटक दिनको अत्यन्त स्वस्थ्यकर सन्तुलीत आहार गर्न जरुरी छ ।
राती अत्यन्त धेरै खाने अनि विहानै भौके पेटमा लामो मर्निगं वाकमा निस्कने वानी पनि गलत हो, राती हल्का खाने अनि विहान केही खाएर मर्निगं वाकमा निस्कनाले स्वस्थ्य राम्रो हुन्छ । धेरै माछामासु भन्दा पनि सागपात र फलफूलको पनि उचित सेवन जरुरी छ ।

माथिका कुराहरु अति सामान्य कुराहरु हुन तर बेलैमा यस्लाई अवलम्बन गर्न सके हामी स्वस्थ मार्गम लाग्दछौं । दिर्घायू रहनुहोस्, आरोग्य कायम होस् ।


Loading comments...