Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

छात्रालाई होटलमा लगेर परीक्षा लिने सर पक्राउ, तर घटना रहस्यमय

७ माघ २०७७, बुधबार २१:०१

कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका-१ बाघबजार बस्ने उक्त बिद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका-४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका-११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका-२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।
उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय