
फेसबुकबाट केटी साथीलाई अश्लिल भिडियो पठाउने एकजना पक्राउ
७ माघ २०७७, बुधबार २१:१७
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट केटी साथी अश्लिल भिडियो पठाउने एकजना पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाउने सल्लानको कुमख गाउँपालिका-४ का ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार परिचित महिला साथी सल्लायनकी २० वर्षीया महिलालाई अश्लिल भिडियो, फोटो र सन्देश पठाउनेलाई नियन्त्रणमा लिएको हो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा नियन्त्रणमा लिएको प्रवकता अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय