Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

केपी ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेका छन्, भ्रममा नपर्नूः प्रचण्ड

२१ माघ २०७७, बुधबार १७:३८

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताएका हुन् ।

उनले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गरे ।

अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्धका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराए । प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय शहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाइएको बताए ।

उनले जनयुद्धको घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकै ठाउँमा ल्याउनुपर्ने धारणा राखे । केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र जितेपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा