Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार
baburam bhattrai

वादशाहलाई घोडाबाट खसालेर आएका मान्छे हौं : डा भट्टराई

२१ माघ २०७७, बुधबार २३:४६


चितवन । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिक्रान्तिलाई परास्त गर्न खरो रुपमा उत्रिने बताएका छन् । आज भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने, “विघटित संसद पुनरवहाली गर्ने सर्वोच्च अदालतको काम हो, यदि भएन भने नागरिकले सशक्त आन्दोलन गर्नेछन् ।”

भोलि हुने देशव्यापी आमहडतालको समर्थन गर्दै उनले भने, “आन्दोलनका विविध रुप हुन्छन् । जुनसुकै आन्दोलनको हामीबाट स्वागत हुन्छ ।” जुनसुकै पार्टीले आन्दोलन गरे पनि सयुक्त रुपमा आन्दोलन गर्दा प्रतिक्रान्तिलाई सजिलै परास्त गर्न सकिने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ती र माओवादी शिविर घोटाला सम्बन्धी विषयमा सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले भने, “बादशाहलाई घोडाबाट पछारेर आएका मान्छे हामी हौं । गुच्चा खेलेर आएका मान्छे होइनौं । बाबुराम भट्टराई जिउंँदै छ । ऊ छउञ्जेल प्रतिगामीविरुद्ध लडेर छोड्छ प्रतिगामीलाई परास्त गरेरै छोड्छ ।”

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ