Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

एमसीसीको विरोधमा नारा लाग्दा प्रचण्डको रहस्यमय मौनता

२२ माघ २०७७, बिहीबार १५:४८

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । यो परियोजना संसदबाट पारित गर्नुपर्ने शर्त छ । तर, संसदबाट पारित गराउने विषयमा दुई मत भएपछि यो परियोजना नेपालमा लागू हुन सकेको छैन ।

एमसीसीका कारण सत्तारुढ नेकपामा पनि ठूलो विभाजनको खाडल देखा परेको थियो । नेकपामा एमसीसीको विरोध गर्ने मुख्य पात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । प्रधानमन्त्री केपी ओली एमसीसी संसदबाट पारित गर्ने पक्षमा हुँदा प्रचण्डले यसको तीब्र विरोध गरेका थिए । पूर्व सभामुख कृष्णबहादुर महराले पनि प्रचण्डकै दबाबमा एमसीसीको विषय संसदको कार्यसूचीमा नराखेको दावी गरिन्छ ।

अहिले संसद विघटनविरुद्ध सडकमा उत्रिएका प्रचण्ड एमसीसीका विषयमा पूरै उल्टो प्रतिक्रियासहित देखिए । एमसीसीको चर्को विरोध भइरहेको ठाउँमा उभिएका प्रचण्डको रहस्यमय मौनताले अहिले धेरैलाई झस्काएको छ । प्रचण्ड एक्कासी एमसीसीको पक्षमा पुगेका त हैनन् भन्ने आशंका बढेको छ । त्योभन्दा पनि प्रचण्ड एमसीसीको पक्षमा कसरी पुगे भन्ने कुरामा चासो बढेको छ ।

बिहीबार देशव्यापी आमहडताल घोषणा गरेका प्रचण्ड एक कार्यक्रममा पुगेका थिए । त्यहाँ माइकबाट प्रतिगमन मुर्दाबाट भन्ने नारा लाग्दा प्रचण्डले पनि चर्को स्वरमा मुर्दाबाद भने । तर, जब एमसीसी चाहिँदैन भन्ने नारा लाग्यो प्रचण्ड रहस्यमय तरिकाले मौन रहे र हात बाँधेर उभिए । दोस्रोपटक पनि एमसीसी चाहिँदैन भन्ने नारा लाग्यो तर प्रचण्डले नाराप्रति कुनै चासो नदिइ साथमै गएकी पम्फा भुसाललाई जाउँ भने र बाटो लागे ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा